मेलवर्नमा दोस्रो एक्सपर्ट कप फुटबल आयोजना हुने

मेलवर्नमा दोस्रो एक्सपर्ट कप फुटबल आयोजना हुने : Icon Khabar

मेलवर्न, साउन ३० । रोयल वेस्टर्न क्लबको आयोजनामा मेलवर्नमा दोस्रो एक्सपर्ट कप फुटबल आयोजना हुने भएको छ ।

अष्ट्रेलियामा रहेका आप्रवासी नेपाली फुटबल क्लवहरुबीच आगामी अक्टोबर १४ र १५ तारिखका दिन राज्यस्तरीय दोस्रो एक्सपर्ट कप फुटबल प्रतियोगिता आयोजना हुने भएको हो ।

११ हजार डलर, ट्रफी तथा मेडल प्रथम पुरस्कार रहेको उक्त प्रतियोगिता यस क्षेत्रमा पछिल्लो समयकै सर्वाधिक ठूलो पुरस्कार राशि रहेको क्लबका जनसम्पर्क अधिकृत उज्जवल अधिकारीले जानकारी दिए ।

एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेसको मुख्य प्रायोजन रहने प्रतियोगिताको विजेताले उपाधिसहित ११ हजार डलर प्राप्त गर्नेछ । प्रतियोगिताको आवश्यक तयारी पनि शुरु भइसकेको बताउँदै आयोजकले सहभागी हुन चाहने समूहहरूलाई दर्ता आह्वान समेत गरेको छ ।

प्रतियोगिताबारे विस्तृत रुपमा छिटै जानकारी गराउने पनि क्लबका प्रवक्ता समेत रहेका अधिकारीले जानकारी दिए । प्रतियोगिताको उद्देश्य अष्ट्रेलियामा रहेका नेपाली समुदायबीच फुटबलको खेलको विकास र उत्थान गर्नु मात्र नभएर एकअर्कावीच आपसी एकता र सदभाव समेत रहेको क्लबले जनाएको छ ।

यस क्षेत्रको नेतृत्वदायक क्लब समेत रहेको रोयल वेस्टर्न क्लबले लामो समयदेखि खेलकुदजन्य गतिविधिमा उत्कृष्ट योगदान गर्दै आइरहेको छ । हालैमात्र क्लबले रोशन दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 August 2023
Website | + posts




ताजा
जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा सवारी आवागमन एकतर्फी रुपले खुला गर्ने निर्णय
सगरमाथा क्षेत्रमा नाम्चे र जोरसल्ले बीचको पदमार्ग पहिरोका कारण क्षतिग्रस्त
दुई दिनसम्म परेको अविरल वर्षाका कारण अहिलेसम्म ३९ जनाको मृत्यु
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने