मेलवर्नमा दोस्रो एक्सपर्ट कप फुटबल आयोजना हुने

मेलवर्नमा दोस्रो एक्सपर्ट कप फुटबल आयोजना हुने : Icon Khabar

मेलवर्न, साउन ३० । रोयल वेस्टर्न क्लबको आयोजनामा मेलवर्नमा दोस्रो एक्सपर्ट कप फुटबल आयोजना हुने भएको छ ।

अष्ट्रेलियामा रहेका आप्रवासी नेपाली फुटबल क्लवहरुबीच आगामी अक्टोबर १४ र १५ तारिखका दिन राज्यस्तरीय दोस्रो एक्सपर्ट कप फुटबल प्रतियोगिता आयोजना हुने भएको हो ।

११ हजार डलर, ट्रफी तथा मेडल प्रथम पुरस्कार रहेको उक्त प्रतियोगिता यस क्षेत्रमा पछिल्लो समयकै सर्वाधिक ठूलो पुरस्कार राशि रहेको क्लबका जनसम्पर्क अधिकृत उज्जवल अधिकारीले जानकारी दिए ।

एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेसको मुख्य प्रायोजन रहने प्रतियोगिताको विजेताले उपाधिसहित ११ हजार डलर प्राप्त गर्नेछ । प्रतियोगिताको आवश्यक तयारी पनि शुरु भइसकेको बताउँदै आयोजकले सहभागी हुन चाहने समूहहरूलाई दर्ता आह्वान समेत गरेको छ ।

प्रतियोगिताबारे विस्तृत रुपमा छिटै जानकारी गराउने पनि क्लबका प्रवक्ता समेत रहेका अधिकारीले जानकारी दिए । प्रतियोगिताको उद्देश्य अष्ट्रेलियामा रहेका नेपाली समुदायबीच फुटबलको खेलको विकास र उत्थान गर्नु मात्र नभएर एकअर्कावीच आपसी एकता र सदभाव समेत रहेको क्लबले जनाएको छ ।

यस क्षेत्रको नेतृत्वदायक क्लब समेत रहेको रोयल वेस्टर्न क्लबले लामो समयदेखि खेलकुदजन्य गतिविधिमा उत्कृष्ट योगदान गर्दै आइरहेको छ । हालैमात्र क्लबले रोशन दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

Published Date: 15 August 2023


ताजा
आज सोमबारको राशिफल
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड