सुन तस्करीमा संलग्न थप तीन चिनियाँ नागरिक पक्राउ

सुन तस्करीमा संलग्न थप तीन चिनियाँ नागरिक पक्राउ : Icon Khabar

काठमाडौं, साउन ३० । सुन तस्करीमा संलग्न थप तीन चिनियाँ नागरिक पक्राउ परेका छन् ।

स्रोतका अनुसार पक्राउ पर्नेमा झाओ हुई, झोङ छ्याङ र ताङ जिङको नाम रहेको छ । उनीहरु चीन जाने क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेको हो । योसँगै सुन तस्करी मुद्दामा पक्राउ पर्नेको कुल संख्या २३ पुगेको छ ।

राजस्व अनुसन्धान विभाग (डिआरआई)ले साउन ३ गते सिनामंगलबाट सय किलो सुनसहितको ‘ब्रेक जुत्ता’ बरामद गरेको थियो । मोटरसाइकलको ब्रेक जुत्तामा सुन लुकाएर राखिएको पाइएको थियो । त्यतिबेला ब्रेक जुत्ता सहितको तौल लिइएको थियो ।

सुन तस्करी प्रकरणलाई समाधान गर्न सिआइबी, डीआरआई, एनआरबीलगायत राज्यका विभिन्न निकाय र टकसाल महाशाखाका प्रतिनिधि मिलेर काम गरिरहेका छन् । १९ दिनको अनुसन्धानपछि डीआरआईले थप अनुसन्धानको जिम्मा सिआइबीलाई दिएको थियो ।

Published Date: 15 August 2023


ताजा
आज सोमबारको राशिफल
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड