सुन तस्करीमा संलग्न थप तीन चिनियाँ नागरिक पक्राउ

सुन तस्करीमा संलग्न थप तीन चिनियाँ नागरिक पक्राउ : Icon Khabar

काठमाडौं, साउन ३० । सुन तस्करीमा संलग्न थप तीन चिनियाँ नागरिक पक्राउ परेका छन् ।

स्रोतका अनुसार पक्राउ पर्नेमा झाओ हुई, झोङ छ्याङ र ताङ जिङको नाम रहेको छ । उनीहरु चीन जाने क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेको हो । योसँगै सुन तस्करी मुद्दामा पक्राउ पर्नेको कुल संख्या २३ पुगेको छ ।

राजस्व अनुसन्धान विभाग (डिआरआई)ले साउन ३ गते सिनामंगलबाट सय किलो सुनसहितको ‘ब्रेक जुत्ता’ बरामद गरेको थियो । मोटरसाइकलको ब्रेक जुत्तामा सुन लुकाएर राखिएको पाइएको थियो । त्यतिबेला ब्रेक जुत्ता सहितको तौल लिइएको थियो ।

सुन तस्करी प्रकरणलाई समाधान गर्न सिआइबी, डीआरआई, एनआरबीलगायत राज्यका विभिन्न निकाय र टकसाल महाशाखाका प्रतिनिधि मिलेर काम गरिरहेका छन् । १९ दिनको अनुसन्धानपछि डीआरआईले थप अनुसन्धानको जिम्मा सिआइबीलाई दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 August 2023
Website | + posts




ताजा
जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा सवारी आवागमन एकतर्फी रुपले खुला गर्ने निर्णय
सगरमाथा क्षेत्रमा नाम्चे र जोरसल्ले बीचको पदमार्ग पहिरोका कारण क्षतिग्रस्त
दुई दिनसम्म परेको अविरल वर्षाका कारण अहिलेसम्म ३९ जनाको मृत्यु
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने