‘आदिपुरुष’ का अभिनेता प्रभासले अभिनयबाट ब्रेक लिने

‘आदिपुरुष’ का अभिनेता प्रभासले अभिनयबाट ब्रेक लिने : Icon Khabar

मुम्बई, साउन ३० । ‘आदिपुरुष’ को असफलतापछि अभिनेता प्रभासलाई ठूलै झट्का लागेको छ । ‘आदिपुरुष’ बाट गरिएको अपेक्षा टुटेपछि प्रभासका फ्यानले अब ‘सालार’ र ‘कल्कि २८९८’ बाट ठुलो अपेक्षा राखेका छन् ।

तर यी सबै खबरबीच अब प्रभासले अभिनयबाट ब्रेक लिने योजना बनाएको समाचार सार्वजनिक भएको छ । सालार र कल्कि २८९८ को छायांकन सम्पन्न भएपछि प्रभासले केहि समयका लागि अभिनयबाट ब्रेक लिन लागेका हुन् ।

प्रभास अहिले घुँडाको गम्भीर दुखाईको सामना गरिरहेका छन् । यहि कारण उनले लामो ब्रेक लिएर घुँडाको सर्जरी गराउने बारे सोच्दैछन् ।

प्रभासले अभिनयबाट ब्रेक लिने निर्णय आफ्नो स्वास्थ्यलाई ध्यान दिएर लिएका हुन् । त्यसैले प्रभासले आफ्ना सम्पूर्ण काम नोभेम्बरसम्म सकेर डिसेम्बरदेखि ब्रेक लिने योजना बनाएका छन् ।

तर प्रभास अथवा उनीसंग सम्बन्धित कुनै पनि व्यक्तिले प्रभासको ब्रेक लिने बारेमा कुनै अफिशियल स्टेटमेन्ट दिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 August 2023
Website | + posts




ताजा
जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा सवारी आवागमन एकतर्फी रुपले खुला गर्ने निर्णय
सगरमाथा क्षेत्रमा नाम्चे र जोरसल्ले बीचको पदमार्ग पहिरोका कारण क्षतिग्रस्त
दुई दिनसम्म परेको अविरल वर्षाका कारण अहिलेसम्म ३९ जनाको मृत्यु
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने