‘आदिपुरुष’ का अभिनेता प्रभासले अभिनयबाट ब्रेक लिने

‘आदिपुरुष’ का अभिनेता प्रभासले अभिनयबाट ब्रेक लिने : Icon Khabar

मुम्बई, साउन ३० । ‘आदिपुरुष’ को असफलतापछि अभिनेता प्रभासलाई ठूलै झट्का लागेको छ । ‘आदिपुरुष’ बाट गरिएको अपेक्षा टुटेपछि प्रभासका फ्यानले अब ‘सालार’ र ‘कल्कि २८९८’ बाट ठुलो अपेक्षा राखेका छन् ।

तर यी सबै खबरबीच अब प्रभासले अभिनयबाट ब्रेक लिने योजना बनाएको समाचार सार्वजनिक भएको छ । सालार र कल्कि २८९८ को छायांकन सम्पन्न भएपछि प्रभासले केहि समयका लागि अभिनयबाट ब्रेक लिन लागेका हुन् ।

प्रभास अहिले घुँडाको गम्भीर दुखाईको सामना गरिरहेका छन् । यहि कारण उनले लामो ब्रेक लिएर घुँडाको सर्जरी गराउने बारे सोच्दैछन् ।

प्रभासले अभिनयबाट ब्रेक लिने निर्णय आफ्नो स्वास्थ्यलाई ध्यान दिएर लिएका हुन् । त्यसैले प्रभासले आफ्ना सम्पूर्ण काम नोभेम्बरसम्म सकेर डिसेम्बरदेखि ब्रेक लिने योजना बनाएका छन् ।

तर प्रभास अथवा उनीसंग सम्बन्धित कुनै पनि व्यक्तिले प्रभासको ब्रेक लिने बारेमा कुनै अफिशियल स्टेटमेन्ट दिएका छैनन् ।

Published Date: 15 August 2023


ताजा
आज सोमबारको राशिफल
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड