अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीद्वारा निजी क्षेत्रका प्रतिनिधिसँग परामर्श सुरू

अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीद्वारा निजी क्षेत्रका प्रतिनिधिसँग परामर्श सुरू : Icon Khabar

काठमाडौं, साउन ३० । सरकारको सकारात्मक हस्तक्षेपका बाबजुद पनि अर्थतन्त्रमा अपेक्षित सुधार नआएपछि सरकारले निजी क्षेत्र, दातृ निकाय, विकास साझेदार र नियामक निकायलगायत सरोकारवालासँग छलफल सुरु गरेको छ ।

अर्थतन्त्रलाई गति दिन विभिन्न सुधारका कदम चाल्दा पनि बजार जीवन्त हुन नसक्दा सरकारले विभिन्न सरोकारवालासँग परामर्श गरिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार निजी क्षेत्रका विभिन्न छाता संगठनका प्रतिनिधिसँग भेटवार्ता गरी अर्थतन्त्रलाई गतिमा ल्याउन सुझाव लिएका छन्।

प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिलाई निमन्त्रणा गरेका छन् ।

सो अवसरमा निजी क्षेत्रका अगुवाहरूले मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको मनोबल बढाउनुपर्ने सुझाव दिएका थिए । ‘सामान्यको विश्वास घटेको छ, व्यवसायीको मनोबल खस्किएको छ, सरकार र निजी क्षेत्र दुवैले लगानी बढाउन नसकेपछि समस्या देखिएको छ,’ निजी क्षेत्रका प्रतिनिधिले भने ।

“बढ्दो रेमिट्यान्स आप्रवाह र पर्यटकको आगमनको बावजुद बजारमा मागको कमीले उद्यमीहरूलाई चुनौती थपेको छ,” उनीहरूले भने।

सीमित पुँजीगत खर्च, उच्च ब्याजदर र मौद्रिक नीतिमा भएका केही संकुचनात्मक व्यवस्थाका कारण वित्तीय संस्थाले कर्जा दिन नसकेको उनीहरुले औंल्याए ।

निजी क्षेत्रले निर्माण व्यवसायीको बक्यौता अविलम्ब भुक्तानी गर्न, नीतिगत स्थायित्व र विदेशी लगानी आकर्षित गर्न अनुकूल वातावरण बनाउन माग गरेको छ ।

सरकारले देशको सार्वभौम क्रेडिट रेटिङ गरी विदेशबाट पैसा भित्र्याउन निजी क्षेत्रलाई प्रोत्साहन गर्न पनि संघले सुझाव दिएको छ ।

औद्योगिक करिडोरमा विद्युतको नियमित आपूर्ति, प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको सहभागिता र जग्गा प्लटिङ खुला गर्नुपर्नेलगायतका माग निजी क्षेत्रले राखेका छन् ।

निजी क्षेत्रले मध्यपूर्व क्षेत्रका देश नेपालमा लगानी गर्न इच्छुक रहेको सन्दर्भमा द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

Published Date: 15 August 2023


ताजा
आज सोमबारको राशिफल
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड