अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीद्वारा निजी क्षेत्रका प्रतिनिधिसँग परामर्श सुरू

अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीद्वारा निजी क्षेत्रका प्रतिनिधिसँग परामर्श सुरू : Icon Khabar

काठमाडौं, साउन ३० । सरकारको सकारात्मक हस्तक्षेपका बाबजुद पनि अर्थतन्त्रमा अपेक्षित सुधार नआएपछि सरकारले निजी क्षेत्र, दातृ निकाय, विकास साझेदार र नियामक निकायलगायत सरोकारवालासँग छलफल सुरु गरेको छ ।

अर्थतन्त्रलाई गति दिन विभिन्न सुधारका कदम चाल्दा पनि बजार जीवन्त हुन नसक्दा सरकारले विभिन्न सरोकारवालासँग परामर्श गरिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार निजी क्षेत्रका विभिन्न छाता संगठनका प्रतिनिधिसँग भेटवार्ता गरी अर्थतन्त्रलाई गतिमा ल्याउन सुझाव लिएका छन्।

प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिलाई निमन्त्रणा गरेका छन् ।

सो अवसरमा निजी क्षेत्रका अगुवाहरूले मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको मनोबल बढाउनुपर्ने सुझाव दिएका थिए । ‘सामान्यको विश्वास घटेको छ, व्यवसायीको मनोबल खस्किएको छ, सरकार र निजी क्षेत्र दुवैले लगानी बढाउन नसकेपछि समस्या देखिएको छ,’ निजी क्षेत्रका प्रतिनिधिले भने ।

“बढ्दो रेमिट्यान्स आप्रवाह र पर्यटकको आगमनको बावजुद बजारमा मागको कमीले उद्यमीहरूलाई चुनौती थपेको छ,” उनीहरूले भने।

सीमित पुँजीगत खर्च, उच्च ब्याजदर र मौद्रिक नीतिमा भएका केही संकुचनात्मक व्यवस्थाका कारण वित्तीय संस्थाले कर्जा दिन नसकेको उनीहरुले औंल्याए ।

निजी क्षेत्रले निर्माण व्यवसायीको बक्यौता अविलम्ब भुक्तानी गर्न, नीतिगत स्थायित्व र विदेशी लगानी आकर्षित गर्न अनुकूल वातावरण बनाउन माग गरेको छ ।

सरकारले देशको सार्वभौम क्रेडिट रेटिङ गरी विदेशबाट पैसा भित्र्याउन निजी क्षेत्रलाई प्रोत्साहन गर्न पनि संघले सुझाव दिएको छ ।

औद्योगिक करिडोरमा विद्युतको नियमित आपूर्ति, प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको सहभागिता र जग्गा प्लटिङ खुला गर्नुपर्नेलगायतका माग निजी क्षेत्रले राखेका छन् ।

निजी क्षेत्रले मध्यपूर्व क्षेत्रका देश नेपालमा लगानी गर्न इच्छुक रहेको सन्दर्भमा द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 August 2023
Website | + posts


ताजा
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी विरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार नेप्से परिसूचकमा गिरावट
दाङमा बस दुर्घटना हुँदा २५ जना भन्दा धेरै घाइते, विस्तृत विवरण आउन बाँकी
ट्रेन्डिङ
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने
भक्तपुरको झौखेलमा अवस्थित ऐतिहासिक यापी भैरव मन्दिर (फोटो फिचर)
भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग