यस वर्ष मुलुकभर ८७ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा सात प्रतिशत कम

यस वर्ष मुलुकभर ८७ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा सात प्रतिशत कम : Icon Khabar

काठमाडौं, साउन ३० । यस वर्ष मुलुकभर ८७ प्रतिशत धान रोपाइँ भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले साउन २६ गतेसम्मको तथ्यांकले ८७ प्रतिशत जमिनमा धान रोपाइँ सम्पन्न भएको जनाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा सात प्रतिशतले कम हो ।

साउन २६ गतेसम्म १४ लाख हेक्टर जमिनमा धान रोपाइ सकिएको र यो कुल खेतीयोग्य जमिनको ८७ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता सबनम शिवाकोटीले जानकारी दिए।

यस वर्ष मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मनसुन ढिलो भएकाले धान रोपाइँ खुम्चिएको छ ।

साउन महिनाको अन्त्यसम्म धान रोपाइँ चल्छ । तर, मन्त्रालयले यो महिनाको अन्त्यसम्म ९२ देखि ९५ प्रतिशत धान रोप्ने अपेक्षा गरेको छ ।

कोशी प्रदेशमा ९४ प्रतिशत र मधेशमा ६८ प्रतिशत मात्रै धान रोपिएको अधिकारीहरुले बताएका छन् । गण्डकी प्रदेशले ९३ प्रतिशत धान रोपेको छ भने कर्णाली प्रदेशमा ९८ प्रतिशत, लुम्बिनी प्रदेशमा ९३ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९९ प्रतिशत पुगेको छ ।

Published Date: 15 August 2023


ताजा
आज सोमबारको राशिफल
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड