यस वर्ष मुलुकभर ८७ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा सात प्रतिशत कम

यस वर्ष मुलुकभर ८७ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा सात प्रतिशत कम : Icon Khabar

काठमाडौं, साउन ३० । यस वर्ष मुलुकभर ८७ प्रतिशत धान रोपाइँ भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले साउन २६ गतेसम्मको तथ्यांकले ८७ प्रतिशत जमिनमा धान रोपाइँ सम्पन्न भएको जनाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा सात प्रतिशतले कम हो ।

साउन २६ गतेसम्म १४ लाख हेक्टर जमिनमा धान रोपाइ सकिएको र यो कुल खेतीयोग्य जमिनको ८७ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता सबनम शिवाकोटीले जानकारी दिए।

यस वर्ष मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मनसुन ढिलो भएकाले धान रोपाइँ खुम्चिएको छ ।

साउन महिनाको अन्त्यसम्म धान रोपाइँ चल्छ । तर, मन्त्रालयले यो महिनाको अन्त्यसम्म ९२ देखि ९५ प्रतिशत धान रोप्ने अपेक्षा गरेको छ ।

कोशी प्रदेशमा ९४ प्रतिशत र मधेशमा ६८ प्रतिशत मात्रै धान रोपिएको अधिकारीहरुले बताएका छन् । गण्डकी प्रदेशले ९३ प्रतिशत धान रोपेको छ भने कर्णाली प्रदेशमा ९८ प्रतिशत, लुम्बिनी प्रदेशमा ९३ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९९ प्रतिशत पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 August 2023
Website | + posts










ताजा
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
कुलमान घिसिङ निस्के अमेरिका र युरोप यात्रामा










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट