रुसको दक्षिणी क्षेत्रमा पर्ने पेट्रोल पम्पमा विष्फोट, १२ जनाको मृत्यु

रुसको दक्षिणी क्षेत्रमा पर्ने पेट्रोल पम्पमा विष्फोट, १२ जनाको मृत्यु : Icon Khabar

काठमाडौं, साउन ३० । रुसमा एक पेट्रोल पम्पमा विष्फोटपछि आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । रुसको दक्षिणी क्षेत्रमा पर्ने डागेस्तानको पेट्रोल पम्पमा विष्फोट भएको हो ।

बीबीसीले केही बालबालिकासहित १२ जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ । केही गम्भीर घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

विष्फोटको कारण खुलेको छैन । स्थानीय सञ्चार माध्यमहरुले पेट्रोल पम्प नजिकै पार्किङ गरेको कारबाट आगलागी सुरु भएको पछि विष्फोट भएको जनाएका छन् ।

स्थानीय समयअनुसार राति ९ः४० बजेति सुरु भएको आगो नियन्त्रणमा लिन अग्नि नियन्त्रकहरुलाई तीन घण्टाभन्दा बढी समय लागेको थियो ।

Published Date: 15 August 2023


ताजा
आज सोमबारको राशिफल
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड