मंगलबार सुनको मूल्य स्थिर, प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार हुँदै

मंगलबार सुनको मूल्य स्थिर, प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार हुँदै : Icon Khabar

काठमाडौँ, साउन, ३० । नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल भएको छैन। योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजावी सुन १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको छ।

हिजो सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो।

Published Date: 15 August 2023


ताजा
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग