शिवम् सिमेन्ट्सको नाफा घट्यो

शिवम् सिमेन्ट्सको नाफा घट्यो : Icon Khabar

काठमाडौँ, साउन ३० । शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६.२१ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६९ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

कम्पनीको बिक्री आम्दानी घटेसँगै खुद नाफा पनि घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आदानी १६.२८ प्रतिशत घटेर ७ अर्ब ७५ करोड २७ लाख रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी १४.३५ प्रतिशत घटेर ८ अर्ब ११ करोड ६३ लाख रुपैयाँमा झरेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८ रुपैयाँ ८२ पैसा घटेर ६ रुपैयाँ ८७ पैसामा झरेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २०६ रुपैयाँ २३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९४.८३ गुणा रहेको छ।

४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ सञ्चित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 August 2023
Website | + posts




ताजा
दशैंको घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकामा १७५ सवारीसाधन दुर्घटना, ९ जनाको मृत्यु
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित