दोलखामा बस दुर्घटना, २१ जना घाइते

दोलखामा बस दुर्घटना, २१ जना घाइते : Icon Khabar

चरिकोट ,साउन २६ । दोलखाको तामाकोसी गाउँपालिका र बैत्यश्वर गाउँपालिका सिमानास्थित गोपीखोलामा बस दुर्घटना भएको छ । बैत्यश्वर गाउँपालिकाको मिर्गेबाट काठमाडौँ आउँदै गरेको बा।२ ख ५४२९ नम्बरको बस गोपीखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दुर्घटनामा परेर २१ जना घाइते भएका छन् । घाइतेहरूलाई सदरमुकाम चरिकोटमा रहेको दोलखा सामुदायिक अस्पताल १२ जना र च्छो रोल्पा अस्पतालमा ९ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Published Date: 11 August 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय