हरेक बर्खामा शान्त सुत्न पाउँदैन भजनी र टीकापुर

हरेक बर्खामा शान्त सुत्न पाउँदैन भजनी र टीकापुर : Icon Khabar

कैलाली, साउन २६ । बर्सेनि बाढी र डुबानबाट कैलालीमा अत्यधिक क्षति हुने गरेको छ । कैलालीको पनि भजनीमा बाढी र डुबानबाट बढी क्षति हुने गरेको छ । वर्षातको समयमा भजनीवासी शान्तले सुत्न पाउँदैनन् ।

“बर्सेनि बाढीले विस्थापित बनाउँछ । दुई–तीन महिना सडकमै बास हुन्छ”, स्थानीय सुरेन्द्र चौधरी भन्छन्, “बाढीका तीन महिना देशमा हाम्रा लागि सरकार छ कि छैन जस्तो हुन्छ ।” सान्त्वना दिनुभन्दा पीडा नहुने गरी दीर्घकालीन समाधानको उपाय खोज्नुपर्ने उनको भनाइ छ ।

भजनीकै रामकृष्ण चौधरी पनि समस्याका बेलामात्रै दिइने सान्तवनाले समस्या समाधान नहुने बताउँछन् । बाढी र डुबानको मुख्य समस्या पहिचान गरी काम थाल्नुपर्ने उनको भनाइ छ । “बाढीका कारण खेत बाँझो राख्नुपरेको छ । लगाएको खेती भित्र्याउन पाइन्न । कुन बेला के हुन्छ भन्ने चिन्ताले रातभर जाग्राम बस्नुपर्छ”, चौधरीले भने । बाढी र डुबानको दीर्घकालीन समाधान आवश्यक भएको उनको भनाइ छ ।

बर्सेनि बाढी र डुबानका कारण करोडौंको क्षति हुने गरेको छ । विशेषगरी नदीका कारण भजनीका अधिकांश क्षेत्र डुबानमा पर्छन् । “बाढी बस्तीमा पसेपछि समस्या बढी हुन्छ । पानीको निकास नहुँदा डुबानको जोखिम महिनौँसम्म रहन्छ”, स्थानीय रीता बोहरा भन्छिन् ।

भजनी नगरपालिकाका प्रमुख केवल चौधरी भजनी डुबानमा पर्नुका विविध कारण रहेको बताउँछन् । भजनीलाई चारैतिरबाट नदीले घेरेको छ । बाढीबाट जोगाउन उचित काम हुन नसक्दा भजनी डुबानमा पर्ने गरेको छ । “भारतको कैलाश बाँधले पनि बढी समस्या भएको छ । भारतले कैलाश बाँध बन्द गरेपछि त्यसको असर भजनीमा बढी पर्ने गरेको छ”, नगरप्रमुख चौधरीले भने ।

कैलाली क्षेत्र नं। ३ की सांसद गंगा चौधरी हुलाकी राजमार्गले पनि डुबानको समस्या निम्त्याएको बताउँछिन् । पानीको निकास नहुँदा तथा जमिनभन्दा राजमार्गको उचाइ १०–१२ फिट बढी भएर समस्या भएको उनको भनाइ छ । उनले हुलाकी राजमार्गको पूर्वी क्षेत्र जलमग्न हुँदा पश्चिम क्षेत्रमा पानी नहुनु भनेको पानीको निकास नै नभएर डुबान भएको भन्दै त्यसको विकल्प खोज्न आवश्यक रहेको सांसद चौधरीले बताउँछिन् ।

राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाले पथरैया नदीमा गरेको तटबन्धको काम अधुरै हुँदा पनि भजनी डुबानमा पर्ने गरेको छ । आयोजनाले केही भागमा तटबन्ध गरेर केही भाग छोड्दा तटबन्ध नभएको स्थानबाट पथरैया नदी बस्तीमा पसेको हो ।

आयोजनाका प्रमुख केदार श्रेष्ठले बजेट अभावका कारण सबै ठाउँमा तटबन्धको काम गर्न नसकिएको बताए । यसपटकको बाढीका कारण भजनी नगरपालिकामा मात्रै एक हजार ८२२ घरपरिवार विस्थापित भएका छन् । दुई घर बाढीले बगाएको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 August 2023
Website | + posts




ताजा
मौसम पूर्वानुमान : कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना
आज सोमबारको राशिफल
जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा सवारी आवागमन एकतर्फी रुपले खुला गर्ने निर्णय
सगरमाथा क्षेत्रमा नाम्चे र जोरसल्ले बीचको पदमार्ग पहिरोका कारण क्षतिग्रस्त


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने