सुन तस्करी प्रकरण : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई चिनियाँ नागरिक पक्राउ

सुन तस्करी प्रकरण : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई चिनियाँ नागरिक पक्राउ : Icon Khabar

काठमाडौं, साउन २६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केही हप्ता पहिले पक्राउ परेको करिब एक सय किलो भन्दा बढी सुन तस्करी प्रकरणमा आज थप दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।

उक्त प्रकरणमा चिनियाँ नागरिकद्वय ली जियाइलियन र लिउ फुयानलाई विमानस्थलबाट पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख रामबन्धु सुवेदीले जानकारी दिए । उनका अनुसार चीनतर्फ प्रस्थान गर्न लागेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका चिनियाँ नागरिकलाई थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को जिम्मा लगाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ ।
Published Date: 11 August 2023






ताजा
भक्तपुरमा पहिलोपटक ‘वुमन्स हेरिटेज राइड’ भव्य रूपमा सम्पन्न
साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मौसम पूर्वानुमान: तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न