टेलिकम सेवाप्रदायकले दिने अफरमा कडाई

अब वर्षमा सय ओटासम्म मात्रै फेस्टिभल अफर ल्याउन पाउने

टेलिकम सेवाप्रदायकले दिने अफरमा कडाई : Icon Khabar

काठमाडौँ, साउन १४ । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम सेवाप्रदायकको अफरमा कडाई गरेको छ। अब नेपालका टेलिकम सेवाप्रदायकले बर्षमा सय ओटासम्म मात्रै फेस्टिभल अफर ल्याउन पाउने भएका छन् ।

अफरको नाममा विकृति फैलिएर उपभोक्ताले खासै लाभ पाउन नसकेको भन्दै नियामक नेपाल दूरसञ्चार प्राधिकरणले अफरमा कडाई गरेको हो । नयाँ नियम अनुसार भ्वाइस सेवाप्रदायकले अब आर्थिक बर्षमा १०० ओटा फेस्टिभल अफर र २५ ओटा प्रमोसनल अफर मात्रै ल्याउने पाउने छ ।

यस्ता अफर ल्याउदा ७ दिनअघि नै प्राधिकरणमा जानकारी दिनुपर्ने र यी अफरको अवधि १५ दिनदेखि तीन महिनासम्म रहने बताइएको छ ।

सेवाप्रदायकले फेस्टीभल अफर र प्रमोशनल अफरको नाममा दुई प्रकारका अफरहरु सार्वजनिक गर्न पाउँछन् । जुन एक पटकमा १० र एक आर्थिक बर्षमा १ सय ओटा अफर ल्याउन पाईने व्यवस्था छ ।

यस्तै एक सेवाप्रदायकले प्रमोशनल अफर उपभोत्ताले बुझ्नेगरी ल्याउन प्राधिकरणले निर्देशन समेत दिएको छ ।

Published Date: 30 July 2023


ताजा
रसुवाको बाढी : प्राकृतिक विपद् मात्रै कि सीमापार जलप्रवाहमा गम्भीर प्रश्न?
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
विपक्षी दलको बहिष्कारबीच बागमती प्रदेश सभाको बैठक सुरु
आज बुधबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली