टेलिकम सेवाप्रदायकले दिने अफरमा कडाई

अब वर्षमा सय ओटासम्म मात्रै फेस्टिभल अफर ल्याउन पाउने

टेलिकम सेवाप्रदायकले दिने अफरमा कडाई : Icon Khabar

काठमाडौँ, साउन १४ । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम सेवाप्रदायकको अफरमा कडाई गरेको छ। अब नेपालका टेलिकम सेवाप्रदायकले बर्षमा सय ओटासम्म मात्रै फेस्टिभल अफर ल्याउन पाउने भएका छन् ।

अफरको नाममा विकृति फैलिएर उपभोक्ताले खासै लाभ पाउन नसकेको भन्दै नियामक नेपाल दूरसञ्चार प्राधिकरणले अफरमा कडाई गरेको हो । नयाँ नियम अनुसार भ्वाइस सेवाप्रदायकले अब आर्थिक बर्षमा १०० ओटा फेस्टिभल अफर र २५ ओटा प्रमोसनल अफर मात्रै ल्याउने पाउने छ ।

यस्ता अफर ल्याउदा ७ दिनअघि नै प्राधिकरणमा जानकारी दिनुपर्ने र यी अफरको अवधि १५ दिनदेखि तीन महिनासम्म रहने बताइएको छ ।

सेवाप्रदायकले फेस्टीभल अफर र प्रमोशनल अफरको नाममा दुई प्रकारका अफरहरु सार्वजनिक गर्न पाउँछन् । जुन एक पटकमा १० र एक आर्थिक बर्षमा १ सय ओटा अफर ल्याउन पाईने व्यवस्था छ ।

यस्तै एक सेवाप्रदायकले प्रमोशनल अफर उपभोत्ताले बुझ्नेगरी ल्याउन प्राधिकरणले निर्देशन समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 July 2023
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने