त्रिभुवन विश्वविद्यालय पछिल्लो समय आर्थिक समस्यामा

अवकास पाएका प्राध्यापक तथा कर्मचारीको तलब रोकियो

त्रिभुवन विश्वविद्यालय पछिल्लो समय आर्थिक समस्यामा : Icon Khabar

काठमाडौं, पुष २२ । नेपालको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय पछिल्लो समय आर्थिक समस्यामा परेको छ । सरकारले पर्याप्त बजेट विनियोजन नगरेको भन्दै यस्तो अवस्था सिर्जना भएको आरोप लगाइएको छ । जसका कारण अवकास पाएका प्राध्यापक तथा कर्मचारीको तलब दिन नसकिएको त्रिवि पूर्व छात्र संघको चौथो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै विश्वविद्यालयका रजिष्ट्रार प्रा डा पेशल दाहालले बताए ।

गत आर्थिक वर्षमा त्रिवि सिनेटले पारित गरेको २८ अर्ब बजेटमध्ये सरकारले ९ अर्ब रुपैयाँ मात्रै उपलब्ध गराएको उनले बताए । उनका अनुसार कर्मचारीको तलब, भत्ता र पेन्सनमा १० अर्ब रुपैयाँ खर्च भइरहेको छ । हाल यसमा १६ हजार ६५ कर्मचारीको कोटा छ । तर, सरकारले १३ हजार कर्मचारीका लागि मात्रै बजेट विनियोजन गरेको त्रिविका उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटाले बताए ।

पूर्व उपकुलपति प्रा डा तीर्थराज खनिया र केदारभक्त माथेमा, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठ, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलगायतका वक्ताहरू त्रिभुवनले बताए । विश्वविद्यालय वर्षौंदेखि सुधार गर्न असफल भएको छ। विश्वविद्यालयले आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न नसक्दा विद्यार्थी उच्च शिक्षाका लागि विदेश जान बाध्य भएको उनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 January 2023
Website | + posts