त्रिभुवन विश्वविद्यालय पछिल्लो समय आर्थिक समस्यामा

अवकास पाएका प्राध्यापक तथा कर्मचारीको तलब रोकियो

त्रिभुवन विश्वविद्यालय पछिल्लो समय आर्थिक समस्यामा : Icon Khabar

काठमाडौं, पुष २२ । नेपालको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय पछिल्लो समय आर्थिक समस्यामा परेको छ । सरकारले पर्याप्त बजेट विनियोजन नगरेको भन्दै यस्तो अवस्था सिर्जना भएको आरोप लगाइएको छ । जसका कारण अवकास पाएका प्राध्यापक तथा कर्मचारीको तलब दिन नसकिएको त्रिवि पूर्व छात्र संघको चौथो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै विश्वविद्यालयका रजिष्ट्रार प्रा डा पेशल दाहालले बताए ।

गत आर्थिक वर्षमा त्रिवि सिनेटले पारित गरेको २८ अर्ब बजेटमध्ये सरकारले ९ अर्ब रुपैयाँ मात्रै उपलब्ध गराएको उनले बताए । उनका अनुसार कर्मचारीको तलब, भत्ता र पेन्सनमा १० अर्ब रुपैयाँ खर्च भइरहेको छ । हाल यसमा १६ हजार ६५ कर्मचारीको कोटा छ । तर, सरकारले १३ हजार कर्मचारीका लागि मात्रै बजेट विनियोजन गरेको त्रिविका उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटाले बताए ।

पूर्व उपकुलपति प्रा डा तीर्थराज खनिया र केदारभक्त माथेमा, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठ, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलगायतका वक्ताहरू त्रिभुवनले बताए । विश्वविद्यालय वर्षौंदेखि सुधार गर्न असफल भएको छ। विश्वविद्यालयले आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न नसक्दा विद्यार्थी उच्च शिक्षाका लागि विदेश जान बाध्य भएको उनीहरुको भनाइ छ ।

Published Date: 06 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न