नेसनल प्याव्सन भक्तपुरद्वारा आयोजित उदघोषण तालिम सम्पन्न

नेसनल प्याव्सन भक्तपुरद्वारा आयोजित उदघोषण तालिम सम्पन्न : Icon Khabar

भक्तपुर, साउन १३ । नेसनल प्याव्सन भक्तपुरको आयोजनामा आफ्ना सदस्य विद्यालयमा अध्ययनरत ६६ जना विद्यार्थीहरुको लागि नमस्ते ख्वप्प टेलिभिजनको सहकार्यमा ७ दिने उदघोषण तथा व्यक्तित्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

साउन ५ गते देखि संचालन भएको उक्त कार्यक्रम रुवी भ्याली स्कुल र क्रियटिभ ई.से. स्कुलमा गरी २ समूहमा प्रशिक्षण गरिएको थियो । कार्यक्रम उपसमितिका संयोजक रमेश प्रसाद सिटौलाको संयोजकत्वमा संचालन भएको प्रशिक्षण कार्यक्रमको समापन समारोह साउन १२ गते क्रियटिभ स्कुलमा नेसनल प्याव्सन केन्द्रीय सह-कोषाध्यक्ष विक्रम ढुकुछुको प्रमुख आतिथ्यमा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

प्रमुख अतिथि ढुकुछुले प्रमाण पत्र वितरण पछि बोल्दै भने, “नेसनल प्याव्सन भक्तपुरले विद्यार्थीहरुको लागि उदघोषण र बोल्ने कलाको तालिम प्रदान गरी विद्यार्थी जीवन देखि नै व्यक्तित्व विकासमा टेवा दिन सकेकामा ह्रृदय देखि धन्यावद छ ।”

७ दिने उदघोषण तथा व्यक्तित्व विकास तालिम प्रशिक्षक ऋषिकेष श्रेष्ठ र प्रशिक्षक रुविना श्रेष्ठले प्रदान गरेका थिए। सहभागी प्रशिक्षार्थीहरुले नै समापन कार्यक्रम संचालन गरेका थिए भने सबै विद्यार्थीहरुले तालिम अवधिको अनुभव सुनाएका थिए ।

नेसनल प्याव्सन भक्तपुर जिल्ला अध्यक्ष संजय खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा तालिम संचालनका लागि स्थान उपलब्ध गराउने २ विद्यालय रुवी भ्याली स्कुल र क्रियटिभ स्कुल एवं प्रशिक्षक द्वय ऋषिकेष श्रेष्ठ र रुविना श्रेष्ठ लाई कदरपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको समापनमा विद्यार्थीहरुलाई “७ दिन प्रशिक्षणमा सिकेर मात्र पुग्दैन प्रशिक्षार्थीहरुले निरन्तर प्रयास गर्दै गएमा मात्र सक्षमता हाँसिल गर्न सकिन्छ।” भन्दै अध्यक्ष खड्काले हौसला दिएका थिए। साथै व्यक्तिमा भएको सकारात्मक क्षमता अभिव्यक्तिको लागि पनि बोल्ने कलाको आवश्यकता पर्दछ जसको कारण यस्ता कार्यक्रम संचालन गरिएको बताए।

Published Date: 29 July 2023
ताजा
प्रधानमन्त्री बालेन्द्र शाहको आधिकारिक तस्बिर सार्वजनिक
मंगलबार सुनको भाउ तोलामै ३ हजार ७०० रुपैयाँले बढ्यो
काठमाडौंका तत्कालीन सिडियो छवि रिजाल पक्राउ
मन्त्रालयका देहायको कार्य गर्न फास्ट ट्र्याक डेस्क स्थापना गर्ने मन्त्री गौतमको निर्णय


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक