नेसनल प्याव्सन भक्तपुरद्वारा आयोजित उदघोषण तालिम सम्पन्न

नेसनल प्याव्सन भक्तपुरद्वारा आयोजित उदघोषण तालिम सम्पन्न : Icon Khabar

भक्तपुर, साउन १३ । नेसनल प्याव्सन भक्तपुरको आयोजनामा आफ्ना सदस्य विद्यालयमा अध्ययनरत ६६ जना विद्यार्थीहरुको लागि नमस्ते ख्वप्प टेलिभिजनको सहकार्यमा ७ दिने उदघोषण तथा व्यक्तित्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

साउन ५ गते देखि संचालन भएको उक्त कार्यक्रम रुवी भ्याली स्कुल र क्रियटिभ ई.से. स्कुलमा गरी २ समूहमा प्रशिक्षण गरिएको थियो । कार्यक्रम उपसमितिका संयोजक रमेश प्रसाद सिटौलाको संयोजकत्वमा संचालन भएको प्रशिक्षण कार्यक्रमको समापन समारोह साउन १२ गते क्रियटिभ स्कुलमा नेसनल प्याव्सन केन्द्रीय सह-कोषाध्यक्ष विक्रम ढुकुछुको प्रमुख आतिथ्यमा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

प्रमुख अतिथि ढुकुछुले प्रमाण पत्र वितरण पछि बोल्दै भने, “नेसनल प्याव्सन भक्तपुरले विद्यार्थीहरुको लागि उदघोषण र बोल्ने कलाको तालिम प्रदान गरी विद्यार्थी जीवन देखि नै व्यक्तित्व विकासमा टेवा दिन सकेकामा ह्रृदय देखि धन्यावद छ ।”

७ दिने उदघोषण तथा व्यक्तित्व विकास तालिम प्रशिक्षक ऋषिकेष श्रेष्ठ र प्रशिक्षक रुविना श्रेष्ठले प्रदान गरेका थिए। सहभागी प्रशिक्षार्थीहरुले नै समापन कार्यक्रम संचालन गरेका थिए भने सबै विद्यार्थीहरुले तालिम अवधिको अनुभव सुनाएका थिए ।

नेसनल प्याव्सन भक्तपुर जिल्ला अध्यक्ष संजय खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा तालिम संचालनका लागि स्थान उपलब्ध गराउने २ विद्यालय रुवी भ्याली स्कुल र क्रियटिभ स्कुल एवं प्रशिक्षक द्वय ऋषिकेष श्रेष्ठ र रुविना श्रेष्ठ लाई कदरपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको समापनमा विद्यार्थीहरुलाई “७ दिन प्रशिक्षणमा सिकेर मात्र पुग्दैन प्रशिक्षार्थीहरुले निरन्तर प्रयास गर्दै गएमा मात्र सक्षमता हाँसिल गर्न सकिन्छ।” भन्दै अध्यक्ष खड्काले हौसला दिएका थिए। साथै व्यक्तिमा भएको सकारात्मक क्षमता अभिव्यक्तिको लागि पनि बोल्ने कलाको आवश्यकता पर्दछ जसको कारण यस्ता कार्यक्रम संचालन गरिएको बताए।

Published Date: 29 July 2023
Website | + posts




















ताजा
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक