नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध : Icon Khabar

चितवन, साउन १३ । नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ । यस सडकखण्डको कालीखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ७ बजे इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो खसेपछि आवगमन अवरुद्ध भएको हो । जसका कारण सो सडक भएर गुड्ने सवारी साधन र यात्रु अलपत्र परेका छन् ।

पहिरो पन्छाउने काम भइरहेको प्रहरीको भनाइ छ । आज बिहान १ बजे सोही स्थानमा खसेको पहिरो पन्छाएर ३ बजेदेखि सडक सञ्चालनमा ल्याइएको थियो । पहिरोका कारण यस सडकखण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

Published Date: 29 July 2023
Website | + posts




















ताजा
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक