भारतीय बक्स अफिसमा अवतार २ को शानदार व्यापार

भारतीय बक्स अफिसमा अवतार २ को शानदार व्यापार : Icon Khabar

भारत, पुष २२। एजेन्सी । जेम्स क्यामरुनको अवतार २ ले भारतीय बक्स अफिसमा शानदार व्यापार गरिरहेको छ । अवतार २, यसअघि प्रदर्शनमा आएको एभेन्जर्सः एन्डगेमपछि भारतमा ३ सय करोडको आँकडा पार गर्ने एकमात्र हलिउड फिल्म बनेको छ ।

सो फिल्मले भारतमा अहिलेसम्ममा ३ सय ३० करोडको व्यापार गरिसकेको छ । भारतका थिएटरमा रिलिज भएको १८ दिनको अवधिमा अवतार २ ले ३ अर्ब ३१ करोड ५० लाख रुपैयाँ आम्दानी गरिसकेको छ । सो फिल्मले १८ औं दिनमा ५ दशमलव ५० करोड रुपैयाँ कमाएको छ । भारतीय फिल्म समीक्षकका अनुसार यो चाँडै भारतको सबैभन्दा ठूलो हलिउड फिल्मको रुपमा देखा पर्नेछ ।

भारतीय सञ्चार माध्यमका अनुसार एभेन्जर्स एन्डगेम भारतमा सबैभन्दा धेरै कमाउने हलिउड फिल्म हो । सो फिल्मले भारतमा ३६५ करोड रुपैयाँ कमाएको थियो । अब अवतार २ ले भारतमा यो आंकडा पार गर्न सक्छ कि सक्दैन त्यो हेर्न बाँकी नै छ । यस फिल्मले विश्वव्यापी रुपमा १ दशमलव ४ बिलियन डलर कलेक्सन गरिसकेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार यस फिल्मको वितरण अधिकार १५० करोडमा बिक्री भएको थियो । योसँगै फिल्मको कमाई ३३० करोडभन्दा माथि पुगेको छ । अर्थात् फिल्मले भारतमा शतप्रतिशत नाफा कमाएको छ । अवतार २ ले हालसम्म १०८.६६ प्रतिशत नाफा कमाएको छ ।

Published Date: 06 January 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय