भारतीय बक्स अफिसमा अवतार २ को शानदार व्यापार

भारतीय बक्स अफिसमा अवतार २ को शानदार व्यापार : Icon Khabar

भारत, पुष २२। एजेन्सी । जेम्स क्यामरुनको अवतार २ ले भारतीय बक्स अफिसमा शानदार व्यापार गरिरहेको छ । अवतार २, यसअघि प्रदर्शनमा आएको एभेन्जर्सः एन्डगेमपछि भारतमा ३ सय करोडको आँकडा पार गर्ने एकमात्र हलिउड फिल्म बनेको छ ।

सो फिल्मले भारतमा अहिलेसम्ममा ३ सय ३० करोडको व्यापार गरिसकेको छ । भारतका थिएटरमा रिलिज भएको १८ दिनको अवधिमा अवतार २ ले ३ अर्ब ३१ करोड ५० लाख रुपैयाँ आम्दानी गरिसकेको छ । सो फिल्मले १८ औं दिनमा ५ दशमलव ५० करोड रुपैयाँ कमाएको छ । भारतीय फिल्म समीक्षकका अनुसार यो चाँडै भारतको सबैभन्दा ठूलो हलिउड फिल्मको रुपमा देखा पर्नेछ ।

भारतीय सञ्चार माध्यमका अनुसार एभेन्जर्स एन्डगेम भारतमा सबैभन्दा धेरै कमाउने हलिउड फिल्म हो । सो फिल्मले भारतमा ३६५ करोड रुपैयाँ कमाएको थियो । अब अवतार २ ले भारतमा यो आंकडा पार गर्न सक्छ कि सक्दैन त्यो हेर्न बाँकी नै छ । यस फिल्मले विश्वव्यापी रुपमा १ दशमलव ४ बिलियन डलर कलेक्सन गरिसकेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार यस फिल्मको वितरण अधिकार १५० करोडमा बिक्री भएको थियो । योसँगै फिल्मको कमाई ३३० करोडभन्दा माथि पुगेको छ । अर्थात् फिल्मले भारतमा शतप्रतिशत नाफा कमाएको छ । अवतार २ ले हालसम्म १०८.६६ प्रतिशत नाफा कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 January 2023
Website | + posts






ताजा
अक्सफोर्ड प्राक्टिकल स्कूलमा कक्षा ११ व्यवस्थापन तथा मानविकी संकायमा भर्ना खुला
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
पाकिस्तानमा पाँच तले भवन भत्किँदा कम्तीमा छ जनाको मृत्यु








ट्रेन्डिङ
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?
मध्यपुर थिमिको बालकुमारी मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न
आइकन खबरको आयोजनामा यहि असार १४ गते रोपाईं जात्रा तथा दही चिउरा कार्यक्रम हुने