मनकामना केवल कार आज देखि पुन: संचालनमा

मनकामना केवल कार आज देखि पुन: संचालनमा : Icon Khabar

गोरखा, पुष २२। मनकामना केवल कार आज देखि पुन: संचालनमा आएको छ। विधुत आपूर्तिमा समस्या भएको कारण विगत ११ दिन देखि बन्द भएको थियो।

गोरखा जिल्लाको प्रसिद्व मन्दिर मनकामना दर्शनका लागि नेपाल को विभिन्न जिल्लाबाट स्वदेशी अनि बिभिन्न देशका विदेशी पर्यटकहरुको घुइचो लाग्ने गर्छ। उक्त मन्दिरको दर्शनका लागि सहजता मनकामना केवल कारले विगत लामो समय देखि सेवा प्रदान गर्दै आएको छ।

केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयर कम्पनीबाट प्राविधिकसहित सामान झिकाएर केबलकार मर्मत गरी सञ्चालनमा ल्याइएको सञ्चालक राजेशबाबु श्रेष्ठले जानकारी दिए। । गए राति मर्मतको काम सम्पन्न भएकाले आज बिहानैदेखि केबलकार सञ्चालनमा ल्याइएको उनले बताए।

सामान जडान गरेर परीक्षण गरेपछि केबलकार नियमित सञ्चालनमा आएको स्टेशन म्यानेजर उज्ज्वल शेरचनले जानकारी दिए। ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 January 2023
Website | + posts