आजबाट श्री स्वस्थानी व्रत सुरु

आजबाट श्री स्वस्थानी व्रत सुरु : Icon Khabar

काठमाडौं, पुष २२। आजदेखि श्री स्वस्थानी व्रत सुरु भएको छ ।

प्रत्यक वर्षको पौष शुक्ल पूर्णिमादेखि सुरु हुने श्री स्वस्थानी व्रत आज बाट सुरु भएको छ। आज देखि माघ शुक्ल पुर्णिमासम्म गरी यो व्रत एक महिनासम्म रहन्छ । आजदेखि घर घरमा श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानीको स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ ।

स्वस्थानी व्रत सुरु भएको दिन आजदेखि काठमाडौँको साँखु सालीनदीमा मेलासमेत लाग्ने गर्दछ । सालीनदीको पानीले नुहाएमा विभिन्न रोग नष्ट हुने, रोग लागेकाको रोग निको हुने र शारीरिक तथा मानसिकरूपमा स्वस्थ रहने धार्मिक आस्था र विश्वास छ ।
यो संगै भक्तपुरको हनुमानघाटमा पनि श्री स्वस्थानीको व्रत बस्ने श्रदालु भक्तजनहरुको भक्तिपूर्ण उपस्थिति बिहान सबेरै देख्न सकिन्छ।

Published Date: 06 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न