भक्तपुरमा आज पूराना माटाका भाँडाहरु फुटाएर छ्याला पून्ही मनाइदैँ

भक्तपुरमा आज पूराना माटाका भाँडाहरु फुटाएर छ्याला पून्ही मनाइदैँ : Icon Khabar

भक्तपुर, पुष २२। भक्तपुरमा आज चोकचोकमा पूराना माटाका भाँडाहरु फुटाएर छ्याला पून्ही मनाइदैँ छ । आज भक्तपुर नगरभरिका टोलटोलका चोकहरुमा माटाका भाडाहरु फुटाएर यो पुर्णिमा मनाइने गर्दछ।

यो पर्व प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमाको दिन मनाइन्छ । यस दिन यसरी नै घरघरबाट स्थानीयले नजिकको चोकमा घरघरमा भएका पुराना काम नलाग्ने चर्किएका फुटेका माटाका भाडा फुटाल्न लाने चलन छ । नेवार समुदायमा माटाका भाडा वर्षमा एक पटक फाल्न लाने र एकपटक भित्राउने परम्परा छ जसमा छ्याला पुन्हीको दिन फाल्न लाने र दशैंमा भित्राउने परम्परा रहेको संस्कृतिविदहरु बताउछन।

घरमा पुरानो चर्के फुटेको भाडा राखिराख्दा अशुभ हुने जनविश्वास रहेकोले वर्षमा एक पटक छ्याला पुन्हीको दिन पुराना भाडा चोकमा फाल्न लाने बताउछन ।

आजकै दिनबाट नै काठमाडौंको साँंखुमा माधवनारायाणको स्वस्थानी ब्रत भक्तपुरको हनुमानघाटमा माधबनारायणको ब्रत सुरु हुने परम्परा छ । साथै यही दिनबाट घरघरमा स्वस्थानी कथा वाचन गर्ने क्रम पनि सुरु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0
Published Date: 06 January 2023
Website | + posts






ताजा
अक्सफोर्ड प्राक्टिकल स्कूलमा कक्षा ११ व्यवस्थापन तथा मानविकी संकायमा भर्ना खुला
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
पाकिस्तानमा पाँच तले भवन भत्किँदा कम्तीमा छ जनाको मृत्यु








ट्रेन्डिङ
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?
मध्यपुर थिमिको बालकुमारी मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न
आइकन खबरको आयोजनामा यहि असार १४ गते रोपाईं जात्रा तथा दही चिउरा कार्यक्रम हुने