भक्तपुरमा आज पूराना माटाका भाँडाहरु फुटाएर छ्याला पून्ही मनाइदैँ

भक्तपुरमा आज पूराना माटाका भाँडाहरु फुटाएर छ्याला पून्ही मनाइदैँ : Icon Khabar

भक्तपुर, पुष २२। भक्तपुरमा आज चोकचोकमा पूराना माटाका भाँडाहरु फुटाएर छ्याला पून्ही मनाइदैँ छ । आज भक्तपुर नगरभरिका टोलटोलका चोकहरुमा माटाका भाडाहरु फुटाएर यो पुर्णिमा मनाइने गर्दछ।

यो पर्व प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमाको दिन मनाइन्छ । यस दिन यसरी नै घरघरबाट स्थानीयले नजिकको चोकमा घरघरमा भएका पुराना काम नलाग्ने चर्किएका फुटेका माटाका भाडा फुटाल्न लाने चलन छ । नेवार समुदायमा माटाका भाडा वर्षमा एक पटक फाल्न लाने र एकपटक भित्राउने परम्परा छ जसमा छ्याला पुन्हीको दिन फाल्न लाने र दशैंमा भित्राउने परम्परा रहेको संस्कृतिविदहरु बताउछन।

घरमा पुरानो चर्के फुटेको भाडा राखिराख्दा अशुभ हुने जनविश्वास रहेकोले वर्षमा एक पटक छ्याला पुन्हीको दिन पुराना भाडा चोकमा फाल्न लाने बताउछन ।

आजकै दिनबाट नै काठमाडौंको साँंखुमा माधवनारायाणको स्वस्थानी ब्रत भक्तपुरको हनुमानघाटमा माधबनारायणको ब्रत सुरु हुने परम्परा छ । साथै यही दिनबाट घरघरमा स्वस्थानी कथा वाचन गर्ने क्रम पनि सुरु हुन्छ ।

Published Date: 06 January 2023
ताजा
भक्तपुर नगरपालिका- १ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक युवतीको मृत्यु
सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्यो
सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्ने
झ्याप–झ्याप बत्ती जाँदा भक्तपुरवासी आक्रोशित, ‘नो लाइट’ नम्बर पनि नलाग्ने


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय