गोरखापत्र संस्थानमा करारमा नियुक्त गरिएका १२ जना कर्मचारीको नियुक्ति खारेज गर्न निर्देशन

गोरखापत्र संस्थानमा करारमा नियुक्त गरिएका १२ जना कर्मचारीको नियुक्ति खारेज गर्न निर्देशन : Icon Khabar

काठमाडौं, साउन १० । राष्ट्रिय सतर्कता केन्द्रले गोरखापत्र संस्थानमा टिप्पणी आदेशको भरमा करारमा नियुक्त गरिएका १२ जना पत्रकार तथा कर्मचारीको नियुक्ति खारेज गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

विधि र प्रक्रिया विपरीत नियुक्ति दिइएको भन्दै केन्द्रले कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीसहित पाँच जनालाई कारवाही गर्न समेत निर्देशन दिएको छ ।

सुवेदी कार्यकारी निर्देशक बनेर आएपछि गोरखापत्र संस्थानमा दुई जना उपसम्पादक, ७ जना समाचारदाता, एकजना परामर्शदाता तथा दुई जना वरिष्ठ सहायक पदमा नियुक्त भएका थिए । यही नियुक्तिमा प्रक्रिया मिचिएको सतर्कता केन्द्रको ठहर छ ।

सतर्कता केन्द्रले भनेको छ– ‘उनीहरुको नियुक्ति गोरखापत्र संस्थान कर्मचारी सेवा शर्त विनियमावली २०५२ को विनियम ४१ बमोजिम पदपूर्ति समितिको सिफारिसको आधारमा उपयुक्त व्यक्तिलाई गर्नुपर्नेमा पदपूर्ति समितिको गठन एवं सिफारिस विना नै उक्त विनियमावलीको प्रक्रिया पालना नगरी टिप्पणी आदेशको भरमा नियुक्ति गरिएको पाइयो ।’

‘केन्द्रका अनुसार उक्त कार्य छानबिनको क्रममा गोरखापत्र संस्थानले उपलब्ध गराएको जवाफ तथा कागजातबाट समेत पुष्टि भएको छ ।

त्यसैले ती नियुक्तिहरु खारेज गरी गोरखापत्र संस्थानको कर्मचारी प्रशासन शाखाका वरिष्ठ सहायक रुपचन्द्र भट्ट, वरिष्ठ प्रशासन अधिकृत विमला खड्का, शाखा प्रमुख विक्रमबाबु राई, प्रशासन विभागका निमित्त निर्देशक ओमप्रकाश भुसाल र कार्यकारी निर्देशक विष्णुप्रसाद सुवेदीलाई कारवाही गर्न सतर्कता केन्द्रले सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ ।

Published Date: 26 July 2023


ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
देशबासीका नाममा प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधन यस्तो छ
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु