रिद्धि सिद्धि सिमेन्टले ल्यायो “ मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०” छात्रवृत्ति कार्यक्रम आयोजना

रिद्धि सिद्धि सिमेन्टले ल्यायो “ मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०” छात्रवृत्ति कार्यक्रम आयोजना : Icon Khabar

काठमाडौँ, साउन १० । रिद्धि सिद्धि सिमेन्ट लि.ले यस वर्ष देखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपूर जिल्लालाई लक्षित गरि “ मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०” को छात्रवृत्ति कार्यक्रम ल्याएको छ ।

यस छात्रवृत्ति अन्तर्गत २०७९ मा परिक्षा दिएको र २०८० सालमा नतिजा प्राप्त भई एस.ई.ई.मा उत्तिर्ण भएका सम्पूर्ण मकवानपूर जिल्लाको विद्यार्थीहरुलाई लक्षित गरिे उक्त एस.ई.ई परीक्षामा ३.६ जि.पि.ए. देखि ४ जि.पि.ए. ल्याएको खण्डमा यस छात्रवृत्ति कार्यक्रममा योग्य मानिने छ ।

छात्रवृत्ति अन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा रु. ५०००/-, दोश्रो हुनेलाई रु. ३५००/-, तेश्रो हुनेलाई रु. २५००/- साथै सान्त्वना स्वरुप थप ८ विद्यार्थीलाई मासिक रुपमा रु.१५००/- कम्पनीले एक वर्षसम्म उपलब्ध गराउने छ ।

यस योजनामा आबद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक वेवसाईट (www.riddhisiddhicements.com) वा फेसबुक पेज https://www.facebook.com/RiddhiSiddhicements मा जानुभई उल्लेखित QR Code मा Scan गरी फारम भर्नुहोस् । आवेदकको फारम बुझाउने अन्तिम मितिः श्रावण २१, २०८० तोकिएको छ ।

Published Date: 26 July 2023






ताजा
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी
समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि
समूह ‘एच’: सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल
असारका लागि नेपालका वाणिज्य बैंकहरूले घटाए ब्याजदर


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न