गत आर्थिक वर्षमा भारतबाट ५१ करोड रुपैयाँको कोदो आयात

गत आर्थिक वर्षमा भारतबाट ५१ करोड रुपैयाँको कोदो आयात : Icon Khabar

झापा, साउन १० । युवा रोजगारीका लागि वैदेशिक रोजगारीमा जाने र ग्रामीण क्षेत्रका जग्गा बाँझो रहेकाले गत आर्थिक वर्षमा भारतबाट ५१ करोड ३० लाख रुपैयाँ बराबरको कोदो आयात भएको छ ।

आर्थिक वर्ष २०७९/८० मा काँकडभिट्टा भन्सार नाकाबाट कोदो आयात ५१ करोड ३० लाख पुगेको थियो ।

काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टाइन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार काँकडभिट्टा भन्सार नाकाबाट १६ हजार ३५ मेट्रिक टन कोदो आयात भएको थियो ।

त्यस्तै, गत आर्थिक वर्षमा काँकडभिट्टा भन्सार नाकाबाट भारतबाट ५७ करोड ७७ लाख रुपैयाँको कुदुवा आयात भएको ठाकुरले जानकारी दिए ।

त्यसैगरी आर्थिक वर्ष २०७९/८० मा काँकडभिट्टा भन्सार नाकाबाट करिब २० करोड रुपैयाँ बराबरको खुर्सानी आयात भएको ठाकुरले बताए ।यस अवधिमा भारतबाट अर्बौंको प्याज, टमाटर, लङगार्ड, तरुल, तरबूज, अदुवालगायत फलफूल तथा तरकारी आयात भएको ठाकुरले बताए ।

तर, भारतलगायत अन्य मुलुकबाट तरकारी तथा फलफूलको आयात प्रतिबन्ध नहुँदा स्वदेशी उत्पादनको बजार सीमित भएको पूर्वी जिल्लाका स्थानीय उत्पादकहरुको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 July 2023
Website | + posts










ताजा
भक्तपुरमा सम्भावित विपद्को क्षेत्रहरूको पहिचान गरी तयारी अवस्थामा रहन निर्देशन
‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्री वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बिहीबार नेप्से परिसूचक ३.७६ अंकले बढ्यो
सरकारले टेलिग्राम बन्द गरे पनि काठमाडौंस्थित रूसी दूतावासले भने गर्यो प्रयोग










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट