गत आर्थिक वर्षमा भारतबाट ५१ करोड रुपैयाँको कोदो आयात

गत आर्थिक वर्षमा भारतबाट ५१ करोड रुपैयाँको कोदो आयात : Icon Khabar

झापा, साउन १० । युवा रोजगारीका लागि वैदेशिक रोजगारीमा जाने र ग्रामीण क्षेत्रका जग्गा बाँझो रहेकाले गत आर्थिक वर्षमा भारतबाट ५१ करोड ३० लाख रुपैयाँ बराबरको कोदो आयात भएको छ ।

आर्थिक वर्ष २०७९/८० मा काँकडभिट्टा भन्सार नाकाबाट कोदो आयात ५१ करोड ३० लाख पुगेको थियो ।

काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टाइन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार काँकडभिट्टा भन्सार नाकाबाट १६ हजार ३५ मेट्रिक टन कोदो आयात भएको थियो ।

त्यस्तै, गत आर्थिक वर्षमा काँकडभिट्टा भन्सार नाकाबाट भारतबाट ५७ करोड ७७ लाख रुपैयाँको कुदुवा आयात भएको ठाकुरले जानकारी दिए ।

त्यसैगरी आर्थिक वर्ष २०७९/८० मा काँकडभिट्टा भन्सार नाकाबाट करिब २० करोड रुपैयाँ बराबरको खुर्सानी आयात भएको ठाकुरले बताए ।यस अवधिमा भारतबाट अर्बौंको प्याज, टमाटर, लङगार्ड, तरुल, तरबूज, अदुवालगायत फलफूल तथा तरकारी आयात भएको ठाकुरले बताए ।

तर, भारतलगायत अन्य मुलुकबाट तरकारी तथा फलफूलको आयात प्रतिबन्ध नहुँदा स्वदेशी उत्पादनको बजार सीमित भएको पूर्वी जिल्लाका स्थानीय उत्पादकहरुको गुनासो छ ।

Published Date: 26 July 2023


ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
देशबासीका नाममा प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधन यस्तो छ
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु