निर्वाचनमा खर्च विवरण पेस नगर्ने उम्मेदवारलाई १५ हजार रुपैयाँ जरिवाना हुने

निर्वाचनमा खर्च विवरण पेस नगर्ने उम्मेदवारलाई १५ हजार रुपैयाँ जरिवाना हुने : Icon Khabar

काठमाडौं, साउन ९ । निर्वाचन आयोगले २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा उम्मेदवारलाई निर्वाचन खर्च विवरण पेस नगर्ने उम्मेदवारलाई १५ हजार रुपैयाँ जरिवाना तोक्ने निर्णय गरेको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभातर्फ २३ सय ७४ र प्रदेश सभातर्फ ३१ सय ८८ जना समेत गरी जम्मा ५५ सय ६२ लाई ऐन बमोजिम निर्वाचन खर्च विवरण सार्वजनिक गर्न लिखित जानकारी गराइएको थियो।

यसमा विवरण सार्वजनिक नगर्ने प्रतिनिधि सभातर्फका १०३७ र प्रदेश सभातर्फका १३ सय ९८ गरेर जम्मा २४ सय ३५ जनालाई १५ हजार रुपियाँका दलले जरिवाना गर्ने निर्णय गरिएको जानकारी दिए।

Published Date: 25 July 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै