स्वीट्जरल्यान्ड र नर्वेको बराबरी

स्वीट्जरल्यान्ड र नर्वेको बराबरी : Icon Khabar

ह्यामिल्टन, साउन ९ । स्वीट्जरल्यान्ड र नर्वेले फिफा महिला विश्वकपमा बराबरी खेल्दै अंक बाँडेका छन् । स्वीट्जरल्यान्ड र नर्वेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

वाइकाटो स्टेडियम ह्यामिल्टन न्युजिल्यान्डमा मंगबार भएको प्रतिस्पर्धातमक खेलमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो ।

स्वीट्जरल्यान्ड र नर्वेको बराबरीले यो समूह ‘ए’ बाट नकआउट चरणमा पुग्न सबै चारै टोलीको सम्भावना खुल्ला बनेको छ ।यस बराबरीसँगै समूह ‘ए’ मा शीर्षस्थानमा रहेको स्वीट्जरल्यान्डको २ खेलबाट ४ अंक पुगेको छ ।

स्वीट्जरल्यान्डले पहिलो खेलमा फिलिपिन्सलाई २–० ले पराजित गरेको थियो । समुहमा पहिलो अंक जोडेको नर्वे दुई खेलबाट १ अंक जोडेर पुछारमा छ । नर्वे पहिलो खेलमा न्युजिल्यान्डसँग १–० ले पराजित गरेको थियो ।

यसअघि आज नै समुह ‘ए’ को खेलमा पहिलोपटक विश्वकप खेलिरहेको फिलिपिन्सले सह आयोजक तथा घरेलु टोली न्युजिल्यान्डलाई १–० ले स्तब्ध पार्दै विश्वकपमा पहिलो जित दर्ता गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 July 2023
Website | + posts




ताजा
रियल म्याड्रिडद्वारा बार्सिलोना २–१ ले पराजित
आमादब्लम हिमाल आरोण गर फर्किने क्रममा घाइते भएका आरोहिको मृत्यु
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने