स्वीट्जरल्यान्ड र नर्वेको बराबरी

स्वीट्जरल्यान्ड र नर्वेको बराबरी : Icon Khabar

ह्यामिल्टन, साउन ९ । स्वीट्जरल्यान्ड र नर्वेले फिफा महिला विश्वकपमा बराबरी खेल्दै अंक बाँडेका छन् । स्वीट्जरल्यान्ड र नर्वेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

वाइकाटो स्टेडियम ह्यामिल्टन न्युजिल्यान्डमा मंगबार भएको प्रतिस्पर्धातमक खेलमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो ।

स्वीट्जरल्यान्ड र नर्वेको बराबरीले यो समूह ‘ए’ बाट नकआउट चरणमा पुग्न सबै चारै टोलीको सम्भावना खुल्ला बनेको छ ।यस बराबरीसँगै समूह ‘ए’ मा शीर्षस्थानमा रहेको स्वीट्जरल्यान्डको २ खेलबाट ४ अंक पुगेको छ ।

स्वीट्जरल्यान्डले पहिलो खेलमा फिलिपिन्सलाई २–० ले पराजित गरेको थियो । समुहमा पहिलो अंक जोडेको नर्वे दुई खेलबाट १ अंक जोडेर पुछारमा छ । नर्वे पहिलो खेलमा न्युजिल्यान्डसँग १–० ले पराजित गरेको थियो ।

यसअघि आज नै समुह ‘ए’ को खेलमा पहिलोपटक विश्वकप खेलिरहेको फिलिपिन्सले सह आयोजक तथा घरेलु टोली न्युजिल्यान्डलाई १–० ले स्तब्ध पार्दै विश्वकपमा पहिलो जित दर्ता गरेको छ ।

Published Date: 25 July 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै