सिजिनेटले ल्यायो आकर्षक आरआरआर अफर

सिजिनेटले ल्यायो आकर्षक आरआरआर अफर : Icon Khabar

काठमाडौं, साउन ९ । नेपाली इन्टरनेट सेवा क्षेत्रको परिचित कम्‍पनी सिजिनेटले RRR (Refer, Redeem, Repeat) नामक उत्कृष्ट अफर लिएर आएको छ, जस अन्तर्गत सिजिनेटको इन्टरनेट सेवा अरुलाई रिफर गर्ने र रिफर भएका दुवैले एक महिना सित्तैमा इन्टरनेट चलाउन पाउनेछन् । साथै यसै अफर अन्तर्गत हरेक रिफररले अफरको अन्त्यमा अन्य आकर्षक उपहार पनि पाउनेछन् ।

RRR अफर अन्तर्गत रिफर गर्ने र रिफर हुने दुवैले अफर अवधिमा गरिएका प्रत्येक सफल रिफरलमा एक महिनाको नि:शुल्क इन्टरनेट प्राप्त गर्ने मौका पाउँनेछन् । यसका साथै ३ जना सम्म रिफर गर्नले उच्च गुणस्तरको एयर पड्स र ६ जनालाई रिफर गरेर इन्टरनेट जोडाउनेलाई स्मार्ट वाच प्रदान गरिनेछ ।

सिजिनेटका उत्पादन प्रबन्धक करुणेश गुप्ता भन्छन् “हामी हाम्रा मूल्यवान ग्राहकहरूलाई RRR अफर प्रस्ताव गर्न पाउँदा उत्साहित छौं र हाम्रा हितैषी ग्राहकहरुलाई उहाँहरुको सहयोग र हाम्रो भरपर्दो इन्टरनेट सेवाहरूको बारेमा प्रचार गरेकामा पुरस्कृत गर्नु पर्दछ भन्ने कुरामा विश्वास राख्दर्छौं” ।

RRR अभियानमा सहभागी हुन थप प्रोत्साहनको रूपमा, सिजिनेटले प्रस्तावको ४५ दिनको अवधिभर शीर्ष तीन उच्च रिफररहरूलाई ट्र्याक गर्नका लागि Leadership board लागू गरेको छ । यस अवधिभरमा सफल्तापूर्वक सबै भन्दा बढी रिफर गर्ने ३ जना मध्ये सबै भन्दा बढी रिफर गर्नेलाई मेघौली सेराई रिसोर्टको यात्रा प्याकेज प्रदान गरिनेछ भने दोस्रो-उच्चतम रिफररले अत्याधुनिक ४३ इन्चको स्मार्ट टिभी प्राप्त गर्नेछ र तेस्रो-उच्चतम रिफररलाई ३२ इन्चको स्मार्ट टिभी प्रदान गरिनेछ ।

Leadership board ले RRR अफरको मैत्री प्रतिस्पर्धालाई सुनिश्चित गर्दछ र ग्राहकहरूलाई सहभागी हुनलाई थप प्रोत्साहन गर्नेछ । ४५ दिनसम्म चल्ने यस RRR अफरले ग्राहकहरूलाई आफ्ना साथी, परिवार र सहकर्मीहरूलाई सिजिनेट परिवारमा सामेल हुन निमन्त्रणा गर्न र यस सुनौलो अवसरको फाइदा उठाउनलाई हौसाउनेछ ।

अन्य इन्टरनेट सेवा प्रदायकहरू भन्दा फरक, सिजिनेटको RRR प्रस्ताव एक अद्वितीय र विशेष सन्दर्भ प्रस्तावको रूपमा खडा छ। धेरै इन्टरनेट सेवा प्रदायकले केवल इन्टरनेट सेवा मात्र प्रदान गर्दा, सिजिनेटले भने आफ्ना ग्राहकहरूलाई रिफरल कार्यक्रम मार्फत पुरस्कृत गर्ने योजना बनाएको हो । हाल, बजारमा अन्य कुनै इन्टरनेट सेवा प्रदायक छैनन् जसले रिफर गर्ने र रिफर हुने दुवैका लागि यस्तो व्यापक र आकर्षक अवसर प्रदान गर्दछन् ।

Published Date: 25 July 2023
ताजा
बुकाचो गढी : उपत्यकाको मनोरम दृश्यसँगै इतिहास र हिमाल अवलोकन गर्ने पर्यटकीय गन्तव्य (फोटो फिचर)
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
एमाले अध्यक्ष केपी ओलीलाई पितृशोक


ट्रेन्डिङ
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो