नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ट्रायल’ भयो: आरजु राणा

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ट्रायल’ भयो: आरजु राणा : Icon Khabar

जनकपुरधाम, साउन ९ । नेपाली काँग्रेसकी नेतृ एवं प्रतिनिधिसभा सदस्य डा आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ट्रायल’ गरिएको गुनासो गरेकी छन् ।

कांग्रेस मधेस प्रदेश कार्यालयमा मंगलबार बिहान आयोजित एक कार्यक्रममा उनले सूचना तथा सञ्चारको युगमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण भए पनि मिडिया ट्रेलका नाममा व्यक्तिमाथि हुने आक्रमण चिन्ताको विषय भएको बताईन्।

“नक्कली भुटानी शरणार्थी घोटालाको नाममा मलाई पनि त्यस्तै भयो,” उनले भनिन्। यस्तो अवस्थामा पार्टीले प्रतिरक्षा रणनीति बनाउनुपर्ने उनको भनाइ छ । उनले कांग्रेस र सरकारले गरेका गतिविधिको प्रचार प्रसारका लागि सञ्चारमाध्यमले रणनीति बनाउनुपर्ने आवश्यकता औंल्याइन् ।

मधेस प्रदेशको पोषण राज्य राष्ट्रिय सूचकाङ्कभन्दा निकै तल रहेकोले कांग्रेसका मन्त्रीहरूले गतिविधि र प्रचारप्रसार गर्न उनले सुझाव दिईन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 July 2023
Website | + posts