प्रधानमन्त्री दाहाल र इन्टरनेशनल फण्ड फर एग्रिकल्चरका प्रमुखबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र इन्टरनेशनल फण्ड फर एग्रिकल्चरका प्रमुखबीच भेटवार्ता : Icon Khabar

काठमाडौं, साउन ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र इन्टरनेशनल फण्ड फर एग्रिकल्चरका प्रमुख डा. एल्भारो लाइरोबीच भेटवार्ता भएको छ ।

तीनदिने इटाली भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड र एग्रिकल्चरका प्रमुख डा. लाइरोबीच आइएफएडीद्वारा नेपालमा सञ्चालित विभिन्न परियोजनाका समिक्ष, आइएफएडी र नेपालबीचका सम्बन्धलगायतका बारेमा छलफल भएको छ ।

प्रधानमन्त्रीका निजी सचिवालयका अनुसार नेपालमा कृषि क्षेत्रमा आइएफएडीले विभिन्न परियोजना सञ्चालित छन् ।

यसअघि आजै प्रधानमन्त्री प्रचण्ड र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच पनि भेटवार्ता भएको थियो । उक्त भेटमा द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको थियो ।

उहाँहरुबीच राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा भेटवार्ता भएको हो ।

Published Date: 25 July 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु