प्रधानमन्त्री दाहाल र इन्टरनेशनल फण्ड फर एग्रिकल्चरका प्रमुखबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र इन्टरनेशनल फण्ड फर एग्रिकल्चरका प्रमुखबीच भेटवार्ता : Icon Khabar

काठमाडौं, साउन ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र इन्टरनेशनल फण्ड फर एग्रिकल्चरका प्रमुख डा. एल्भारो लाइरोबीच भेटवार्ता भएको छ ।

तीनदिने इटाली भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड र एग्रिकल्चरका प्रमुख डा. लाइरोबीच आइएफएडीद्वारा नेपालमा सञ्चालित विभिन्न परियोजनाका समिक्ष, आइएफएडी र नेपालबीचका सम्बन्धलगायतका बारेमा छलफल भएको छ ।

प्रधानमन्त्रीका निजी सचिवालयका अनुसार नेपालमा कृषि क्षेत्रमा आइएफएडीले विभिन्न परियोजना सञ्चालित छन् ।

यसअघि आजै प्रधानमन्त्री प्रचण्ड र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच पनि भेटवार्ता भएको थियो । उक्त भेटमा द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको थियो ।

उहाँहरुबीच राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा भेटवार्ता भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 July 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने