क्यान्सर रोकथाम देखि मधुमेहका बिरामीको साथी हो काँचो केरा

क्यान्सर रोकथाम देखि मधुमेहका बिरामीको साथी हो काँचो केरा : Icon Khabar

काठमाडौं, साउन ९ । प्रायः स्याउ र अनारलाई शक्तिशाली फलफुल मानिन्छ । तर केरा पनि यी फलको तुलनामा कम शक्तिशाली होइन । केरा पोटाशियम, फाइबर र अन्य विभिन्न आवश्यक पोषक तत्वको एउटा ठूलो स्रोत हो ।

केरा सस्तो र सजिलै उपलब्ध हुने फल हो । दिनको शुरुवात गर्नका लागि केरा सबै भन्दा राम्रो फल मानिन्छ । काँचो केरा पाकेको केराभन्दा अझ बढी प्रभावकारी हुन्छ । काँचो केरामा पनि ती सबै पोषक तत्व र गुण पाइन्छ, जुन पाकेको केरामा हुन्छ ।

काँचो केरा पोटाशियम, एन्टी–अक्सीडेन्ट र भिटामिनको पावर हाउस हो । सबैभन्दा ठूलो कुरा काँचो केरालाई तरकारी रुपमा पनि खान सकिन्छ । काँचो केराको नियमित सेवनले वजन नियन्त्रण, क्यान्सर जस्तो रोगलाई उत्पन्न गराउने कोषिका समाप्त गर्न, पाचन प्रणालीलाई राम्रो गर्नमा सहयोग प्राप्त हुन्छ ।

काँचो केरामा फिनोलिक्स यौगिकको प्रतिशत सबैभन्दा बढी हुन्छ । यसले फाइटोकेमिकल्स पेट र सानो आन्द्राको कार्यलाई राम्रो बनाएर पाचन बलियो बनाउँछ ।

काँचो केराका विभिन्न फाइदा छन्, जुन निम्न प्रकार रहेका छन्:

काँचो केरा एन्टीअक्सिडेन्टको भण्डार हो, जुन फ्री रेडिकलसंग लड्छ र हेल्दी सेल्सलाई अक्सीडेटिभ ड्यामेजबाट बचाउँछ । यो भिटामिन सी, बीटा–केरोटीन र ल्यूटिन तथा जेक्सेन्थिन जस्ता अन्य पाइटो न्यूट्रिएन्टसले भरिपूर्ण हुन्छ । यसले शरीरका विभिन्न अंगको सुनिन्ने समस्या कम गर्छ ।

ब्लड प्रेसर नियन्त्रण गरेर मुटुलाई राख्छ स्वस्थ

हरियो केरामा मुटुको स्वास्थ्यका लागि आवश्यक पोषक तत्व हुन्छ । पोटाशियमको एउटा राम्रो स्रोत भएका कारणले यसले एउटा प्राकृतिक भासोडिलेटरको रुपमा काम गर्छ, जसले मांशपेशीहरुलाई खुम्चने, ब्लड प्रेस नियन्त्रण गर्ने तथा हार्ट रिदम बनाउन सहयोग गर्छ ।

मधुमेहका बिरामीको साथी

हरियो केरामा भएको पेक्टिन तथा रेसिस्टेन्ट स्टार्च दुबैले खानापछि ब्लड सुगरलाई नियन्त्रण गर्न सहयोग गर्छ । यसबाहेक काँचो केराको ग्लाइसेमिक इन्डेक्स लेभल पनि जम्मा ३० हुन्छ, यही कारणले हरियो केरा मधुमेहका बिरामीहरुको साथी मानिन्छ ।

वजन नियन्त्रणमा सहयोगी

रेसिस्टेन्स स्टार्ज तथा पेक्टिन दुबै हरियो केरामा पाइने फाइबर हुन् । फाइबर शरीरको वजन घटाउन तथा नियन्त्रण गर्नका लागि आवश्यक मानिन्छ । फाइबरको कारणले हरियो केराको सेवनबाट भोलाई कम गर्न समेत सहयोग पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 July 2023
Website | + posts