लुम्बिनी प्रदेशसभाको बैठक अहिले दिउँसो १ः०० बजे बस्ने

लुम्बिनी प्रदेशसभाको बैठक अहिले दिउँसो १ः०० बजे बस्ने : Icon Khabar

लुम्बिनी, साउन ९ । लुम्बिनी प्रदेशसभाको तेस्रो अधिवेशनको २०औँ बैठक आज दिउँसो १ः०० बजे बस्ने भएको छ । सोमबार विशेष स्थगन बैठक आज बस्ने बस्न लागेको प्रदेश सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए।

आजको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत भई सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने र छलफलमा उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्रीले दिने सम्भावित कार्यसूची छ ।

सभामुख तुलाराम घर्तीले विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने, प्रदेशसभा सदस्यले समसामयिक विषयमा शून्य समयमा बोल्ने, कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेरसम्बन्धी जानकारी गराउने कार्यसूची छ ।

यसअघिको बैठकमा निजामती कर्मचारीसम्बन्धी विधेयक र स्वास्थ्य संस्था सञ्चालन, नवीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस भएका थिए । – रासस

Published Date: 25 July 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु