धरानमा डेंगुबाट चार जनाको मृत्यु, बी.पी. प्रतिष्ठानमा छुट्टै वार्ड सञ्चालन

धरानमा डेंगुबाट चार जनाको मृत्यु, बी.पी. प्रतिष्ठानमा छुट्टै वार्ड सञ्चालन : Icon Khabar

धरान, साउन ८ । बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानमा डेंगु रोगको प्रकोप बढ्दै गएपछि छुट्टै डेंगु वार्ड सञ्चालन भएको छ । हालसम्म बीपी प्रतिष्ठानमा डेंगु प्रकोपका कारण ४ जनाको मृत्यु भएको बीपी प्रतिष्ठानका सह प्रवक्ता डा.पोखरेलले जानकारी दिए।

मृत्यु हुनेमा जेठ २३ गते धरान १७ की ३० वर्षीया एक महिला, असार १५ गते धरान ११ की ४० वर्षीया एक महिला, साउन २ गते धरान ११ का ८० वर्षीय वृद्ध र धरान १८ की ८४ वर्षीया वृद्धाको मृत्यु भएको बताए।

धरानलगायत सुनसरी जिल्लाको वरपरका अन्य जिल्लामा व्यापक रुपमा डेंगु फैंलिदै गएपछि नियन्त्रण तथा सर्वसाधारणले सहज रूपमा उपचार गराउन बीपी प्रतिष्ठानको कोभिड अस्पताल भवनमा ३० बेडको डेंगु वार्ड सञ्चालनमा ल्याएको बीपी प्रतिष्ठानका सह प्रवक्ता डा. चुरामणि पोखरेलले बताए।

उनका अनुसार असार २९ गते देखी साउन ७ गतेसम्ममा ८ सय १९ जनाको परीक्षण गर्दा ६ सय १५ जनामा अर्थात् ७५ प्रतिशतमा डेंगु सङ्क्रमण देखिएको जानकारी दिए । बीपी प्रतिष्ठानमा दैनिक ३०–३५ जनामा डेंगी देखिने गरेको छ । धरान ११, १५, १७ र १८ मा डेंगीको प्रकोप बढी देखिन्छ ।

ती वडाबाट आएका बिरामीको सङ्क्रमण बढ्दा परीक्षण गरिएकाहरूमा ९० प्रतिशतसम्म सङ्क्रमण देखिएको छ । प्रतिष्ठानको इमर्जेन्सीमा वा ओ.पी.डी.मा उपचारका लागि आएका डेंगुका बिरामीहरूमध्ये सिकिस्त बिरामीहरूलाई आई.सी.यु., इमर्जेन्सी र अन्य वार्डहरूमा उपचारार्थ राखिनेछ भने त्यस बाहेक स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने डेंगुका बिरामीहरूलाई सो वार्डमा भर्ना गरी उपचार गरिने बीपी प्रतिष्ठानका सह प्रवक्ता डा.पोखरेलले बताए।

स्थानीय सरकार नगरप्रमुख हर्कराज राईले धरान उपमहानगरपालिकाको डेंगुको प्रकोप रोकथामका लागि सबै वडामा अभियान सुरु गर्न लागिएकाे बताए।

-आजको गोरखापत्र दैनिकबाट साभार 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 July 2023
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने