अफगानिस्तानमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या २६ पुग्यो, ४० जना अझै वेपत्ता

अफगानिस्तानमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या २६ पुग्यो, ४० जना अझै वेपत्ता : Icon Khabar

काठमाडौँ, साउन ८ । अफगानिस्तानको मध्य भागमा मुसलधारे वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ भने ४० जनाभन्दा बढी बेपत्ता भएका छन् ।

राज्यको विपद् व्यवस्थापन मन्त्रालयका प्रवक्ता शफिउल्ला रहिमीले शुक्रबारदेखि परेको बर्षाका कारण देशभर आएको बाढीबाट ३१ जनाको मृत्यु भएको छ । बाढीका कारण भौतिक सम्पत्ति र खेतबारीमा व्यापक क्षति पुगेको जानकारी रहिमीले दिए ।

सरकारका प्रवक्ता जबीहुल्ला मुजाहिदले मैदान वार्दाक प्रान्तको जलरेज जिल्लाको मुख्य विपद् क्षेत्रमा तत्काल सहायता पठाइएको जानकारी दिए । एशियाको पश्चिमी किनारामा अवस्थित अफगानिस्तानमा बर्षामा मौसममा आकस्मिक बाढी आउने गरेको छ । बर्षाका कारण सुख्खा नदी किनारहरूमा भारी वर्षा भेल आउँदा यसबाट ठूलो क्षति हुने गरेको छ ।

रहिमीले एक पत्रकार सम्मेलनमा जलरेजमा शुक्रबारदेखि अहिलेसम्म ६०४ घर पूर्ण वा आंशिक रुपमा क्षतिग्रस्त भएको र सयौं एकड खेतीयोग्य जमिन र बगैँचा नष्ट भएको जानकारी दिए । रहिमीका अनुसार विगत चार महिनामा प्राकृतिक प्रकोपसँग सम्बन्धित घटनामा अफगानिस्तानमा २१४ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 July 2023
Website | + posts