अफगानिस्तानमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या २६ पुग्यो, ४० जना अझै वेपत्ता

अफगानिस्तानमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या २६ पुग्यो, ४० जना अझै वेपत्ता : Icon Khabar

काठमाडौँ, साउन ८ । अफगानिस्तानको मध्य भागमा मुसलधारे वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ भने ४० जनाभन्दा बढी बेपत्ता भएका छन् ।

राज्यको विपद् व्यवस्थापन मन्त्रालयका प्रवक्ता शफिउल्ला रहिमीले शुक्रबारदेखि परेको बर्षाका कारण देशभर आएको बाढीबाट ३१ जनाको मृत्यु भएको छ । बाढीका कारण भौतिक सम्पत्ति र खेतबारीमा व्यापक क्षति पुगेको जानकारी रहिमीले दिए ।

सरकारका प्रवक्ता जबीहुल्ला मुजाहिदले मैदान वार्दाक प्रान्तको जलरेज जिल्लाको मुख्य विपद् क्षेत्रमा तत्काल सहायता पठाइएको जानकारी दिए । एशियाको पश्चिमी किनारामा अवस्थित अफगानिस्तानमा बर्षामा मौसममा आकस्मिक बाढी आउने गरेको छ । बर्षाका कारण सुख्खा नदी किनारहरूमा भारी वर्षा भेल आउँदा यसबाट ठूलो क्षति हुने गरेको छ ।

रहिमीले एक पत्रकार सम्मेलनमा जलरेजमा शुक्रबारदेखि अहिलेसम्म ६०४ घर पूर्ण वा आंशिक रुपमा क्षतिग्रस्त भएको र सयौं एकड खेतीयोग्य जमिन र बगैँचा नष्ट भएको जानकारी दिए । रहिमीका अनुसार विगत चार महिनामा प्राकृतिक प्रकोपसँग सम्बन्धित घटनामा अफगानिस्तानमा २१४ जनाको मृत्यु भएको छ ।

Published Date: 24 July 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै