चिनियाँ नेताहरूले आज कांग्रेस सभापति देउवालाई भेट्दै

चिनियाँ नेताहरूले आज कांग्रेस सभापति देउवालाई भेट्दै : Icon Khabar

काठमाडौँ, साउन ८ । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीतिक ब्युरो सदस्य युआन जियाजुन नेतृत्वको प्रतिनिधिमण्डलले आज (सोमबार) सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ ।

देउवासँग आज दिउँसो भेटवार्ता गर्ने तालिका तय भएको बताइएको छ । टोलीले हिजो राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा भेटवार्ता गरेको थियो भने युआन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भर्चुअल संवाद भएको थियो । प्रधानमन्त्री प्रचण्ड अहिले हाल इटाली भ्रमणमा छन् ।

यस्तै कार्यवाहक प्रधानमन्त्री खड्कासँग चिनियाँ नेता युआन जियाजुनले शिष्टाचार भेटवार्ता गरेका थिए । यस्तै टोलीले हिजै नेकपा माओवादी केन्द्रका नेतासँग भेटवार्ता गरेको थियो । काठमाडौंको होटल द्वारिकाजमा भएको सो भेटवार्तामा दुई देशका कम्युनिेडष्ट पार्टीबीचको सम्बन्धका विविध आयाममा कुराकानी भएको बताइएको छ । भेटमा माओवादी नेताहरूले नेपालको विकास प्रक्रियामा यसअघि चीनबाट हुँदै आएको सहयोगको सराहना गर्दै आगामी दिनमा विविध क्षेत्रमा सहकार्य बढाउन आग्रह गरेका थिए ।

चीनले अख्तियार गरेको समाजवादको मोडल नेपालका लागि पनि अनुकरणीय हुन सक्छ भन्दै माओवादी नेताहरूले नेपालको समाजवादको यात्रामा चीनले पनि सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । चिनियाँ पक्षले दुई देशका सरकार, राजनीतिक पार्टी र जनस्तरको सम्बन्ध अझ कसिलो बन्नुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 July 2023
Website | + posts
ताजा
निरन्तर छैठौँ कारोबार दिन घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
भक्तपुर युवा टिमको जर्सी सार्वजनिक, सहिद स्मारक सी–डिभिजन क्वालिफायर २०२५ मा पहिलो पटक सहभागिता