चिनियाँ नेताहरूले आज कांग्रेस सभापति देउवालाई भेट्दै

चिनियाँ नेताहरूले आज कांग्रेस सभापति देउवालाई भेट्दै : Icon Khabar

काठमाडौँ, साउन ८ । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीतिक ब्युरो सदस्य युआन जियाजुन नेतृत्वको प्रतिनिधिमण्डलले आज (सोमबार) सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ ।

देउवासँग आज दिउँसो भेटवार्ता गर्ने तालिका तय भएको बताइएको छ । टोलीले हिजो राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा भेटवार्ता गरेको थियो भने युआन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भर्चुअल संवाद भएको थियो । प्रधानमन्त्री प्रचण्ड अहिले हाल इटाली भ्रमणमा छन् ।

यस्तै कार्यवाहक प्रधानमन्त्री खड्कासँग चिनियाँ नेता युआन जियाजुनले शिष्टाचार भेटवार्ता गरेका थिए । यस्तै टोलीले हिजै नेकपा माओवादी केन्द्रका नेतासँग भेटवार्ता गरेको थियो । काठमाडौंको होटल द्वारिकाजमा भएको सो भेटवार्तामा दुई देशका कम्युनिेडष्ट पार्टीबीचको सम्बन्धका विविध आयाममा कुराकानी भएको बताइएको छ । भेटमा माओवादी नेताहरूले नेपालको विकास प्रक्रियामा यसअघि चीनबाट हुँदै आएको सहयोगको सराहना गर्दै आगामी दिनमा विविध क्षेत्रमा सहकार्य बढाउन आग्रह गरेका थिए ।

चीनले अख्तियार गरेको समाजवादको मोडल नेपालका लागि पनि अनुकरणीय हुन सक्छ भन्दै माओवादी नेताहरूले नेपालको समाजवादको यात्रामा चीनले पनि सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । चिनियाँ पक्षले दुई देशका सरकार, राजनीतिक पार्टी र जनस्तरको सम्बन्ध अझ कसिलो बन्नुपर्नेमा जोड दिएका थिए ।

Published Date: 24 July 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु