मीनबहादुर गुरुङसहित तीन जनालाई थुनामा राख्न सर्वोच्चको आदेश

मीनबहादुर गुरुङसहित तीन जनालाई थुनामा राख्न सर्वोच्चको आदेश : Icon Khabar

काठमाडौं, साउन ६ । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित तीन जनालाई थुनामा राख्न आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले सुधीरकुमार शाह, मीनबहादुर गुरुङ र धर्मप्रसाद गौतमले पक्राउ गरेको विरुद्ध दायर गरेको रिट खारेज गरेको हो ।

गत असार २८ गते तीनैजनाले आफूलाई थुनामा राखी गैरकानुनी र अनुसन्धानको मापदण्ड नाघेको भन्दै पक्राउविरुद्ध रिट दायर गरेका थिए । तर न्यायाधीश ढुंगाना र सुवेदीको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंले तोकिएको समयसीमाभित्र अनुसन्धान गरी सरकारी छाप र संगठित अपराधको अनुसन्धानका लागि साउन ९ गते पक्राउ पुर्जी जारी गरेको फैसला गरेको थियो ।

साथै सोही मुद्दामा संलग्न टीकाराम घिमिरेसहित १७ जनाले दायर गरेको रिट निवेदन पनि खारेज भएको छ । फलस्वरूप, सर्वोच्च अदालतले २० जुलाई, २०२२ मा जारी गरेको अन्तरिम आदेश स्वतः खारेज हुन्छ।

Published Date: 22 July 2023
ताजा
रुकुम पूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित
काठमाडौं–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ भारी मतान्तरले निर्वाचित
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै


ट्रेन्डिङ
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो
शुक्रबार सुनको भाउ घट्यो