प्रधानमन्त्री दाहाल आज इटाली भ्रमणमा जाँदै

प्रधानमन्त्री दाहाल आज इटाली भ्रमणमा जाँदै : Icon Khabar

काठमाडौँ, साउन ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तीनदिने इटाली भ्रमणको तयारी पूरा भएको छ । लामो समयको अन्तरालमा दुई देशबिच उच्चस्तरीय भ्रमण हुन लागेको हो।

इटालीको राजधानी रोममा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ। परराष्ट्र मन्त्रालयले भ्रमणको आवश्यक तयारी करिब पूरा भएको जनाएको छ।

‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट व्यक्त गर्नुपर्ने औपचारिक धारणा, त्यसका लागि आवश्यक कार्यसूची तथा त्यहाँ रहँदा हुन सक्ने सम्भावित आदानप्रदानका लागि आवश्यक सम्झौता र समझदारीका खाका तयार भएका छन्। मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार प्रधानमन्त्री प्रचण्डको औपचारिक भ्रमणका लागि गृहकार्य अन्तिम चरणमा पुगेको छ। बाँकी तयारी शुक्रबार अबेरसम्म चलेको थियो।

सन् २०१४ पछि दुई देशबिच हुन लागेको यो पहिलो भ्रमण हो।

Published Date: 22 July 2023
ताजा
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै
काठमाडौं–१ मा ‘घन्टी’को दबदबा: रास्वपाकी रञ्जु दर्शनाको जित लगभग निश्चित, प्रतिस्पर्धी धेरै पछाडि
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले अग्रस्थानमा


ट्रेन्डिङ
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो
शुक्रबार सुनको भाउ घट्यो