एस एस कलेज नयाँ थिमिका प्रिन्सिपल राजन काफ्लेसँगको आइकन संवाद

एस एस कलेज नयाँ थिमिका प्रिन्सिपल राजन काफ्लेसँगको आइकन संवाद : Icon Khabar

भक्तपुर, साउन ५ । भक्तपुरको नयाँ थिमिमा अवस्थित एस एस कलेजमा एसईई उतिर्ण विद्यार्थीहरुका लागि कक्षा ११ मा विज्ञान, व्यवस्थापन र मानविकी संकायमा भर्ना खुलेसँगै आगामी शैक्षिक योजनाहरुका बारेमा सोहि विद्यालयका प्रिन्सिपल राजन काफ्लेसँग आइकन खबरले गरेको आइकन संवाद यहाँ प्रस्तुत छ।

१ सर्वप्रथम एस एस कलेजको बारेमा जानकारी दिनुहोस।

एस एस कलेज भक्तपुर जिल्लालाई शैक्षिक गन्तव्यको रूपमा स्थापित गराउने उद्देश्यका साथ भक्तपुरमा संचालित विभिन्न संस्थागत बिद्यालयका संस्थापक प्रिन्सिपलहरुको संयुक्त पहल र लगानीमा बि सं २०६३ मा स्थापना भएको कलेज हो । हरेक बर्ष निश्चित संख्यामा बिद्यार्थी भर्ना लिई संख्यात्मक भन्दा गुणात्मक पक्षलाई ध्यान दिने कलेजको रुपमा आफुलाई चिनाउन सफल भएका छौं। हाम्रो कलेजमा राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन लिई विज्ञान, व्यवस्थापन, एवं मानविकी समूह तर्फका कक्षाहरू सञ्चालित छन्।

त्यसैले Physics, Chemistry, Biology, Mathematics, Computer Science का साथै Hotel Management, Mass Communication, Major English, Business Studies पढ्न चाहने विद्यार्थीहरुको लागि उत्कृष्ट गन्तब्य एस एस हुनसक्छ।

२ यस कलेजले विद्यार्थीहरुको पठन पाठन अनि सर्वाङ्गिण विकासका लागि के कस्ता क्रियाकलापहरु गर्दै आएको छ ?

आत्मीयता, मानवीयता, राष्ट्रियता तथा æवसुधैव कुटुम्बकम् Æ को भावनालाई आत्मसात गर्ने यस कलेजले पठनपाठनका साथै अतिरिक्त क्रियाकलापको माध्यमबाट विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको छ । आधुनिक शिक्षण पद्दति एबम् प्रविधिको प्रयोग गर्दै कक्षा कोठामा प्रोजेक्टरको व्यवस्था गरि सिकाईलाई थप प्रभाबकारी बनाउने गर्छौं।

सुविधा सम्पन्न कक्षाकोठा, विज्ञान प्रयोगशाला, द्रुत गतिको इन्टरनेट सेवा सहितको कम्प्युटर प्रयोगशाला, पुस्तकालय, चमेना गृह, यातायातको उचित व्यवस्था छ । विद्यार्थीको सर्वाङ्गिण बिकासको निम्ति खेलकुदको अपरिहार्यतालाई मध्यनजर गर्दै बास्केटबल र ब्याडमिन्टन कोर्ट, इन्डोर टेबुल टेनिस कोर्ट रहेको छ ।

सिपमूलक तथा व्यवसाय उन्मुख शिक्षाले नै विद्यार्थीले समयको गतिमा आफूलाई समाहित गर्न सक्छन् भन्ने कुरामा विश्वस्त यस कलेजले समय समयमा आवश्यक तालिम, कार्यशाला, अन्तरक्रिया, परामर्श कार्यक्रम, स्थलगत अध्ययन भ्रमण, हाइकिङ, खेलकूद साथै विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने गर्दछ ।

३ कक्षा ११ मा विज्ञान, व्यवस्थापन र मानविकी संकायमा भर्ना खुलेको छ। यस सम्बन्धि विद्यार्थी अनि अभिभावकको लागि विद्यालयको सन्देश के रहेको छ ?

कक्षा ११ मा नयाँ विद्यार्थी भर्नाको निम्ति धमाधम फारम वितरणको काम भइरहेको छ । पहिलो चरणको प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीको मेरिट लिस्टको आधारमा भर्ना भईराखेको छ भने देशमा विभिन्न क्षेत्रबाट विद्यार्थी आउने क्रम जारी नै छ। केहि सिमित सिटको लागि फाराम वितरण भईराखेको छ ।

शिक्षा क्षेत्रमा आएको परिवर्तन संगै बिद्यार्थी र अभिभावकको पनि चाहनाको परिधि अलि विस्तार भएको छ। विद्यार्थीको रुचि र मागलाई मध्यनजर राख्दै यस विद्यालयमा विज्ञान (Science), व्यवस्थापन (Management), र मानविकी (Humanities) का समुहका विषयहरु पढाइ भइरहेको छ ।

विद्यार्थीहरुले Physics, Chemistry, Biology, Mathematics, Computer Science, Hotel Management, Business Studies, Mass Communication, Major English, Sociology जस्ता विषयहरु पढ्न पाउँछन् । गरिब, जेहेन्दार र एसईई परीक्षामा राम्रो जीपिए हासिल गर्ने विद्यार्थीहरुलाई भर्ना शुल्क, बार्षिक शुल्क एवं मासिक शुल्क विभिन्न छात्रवृत्तिहरु पनि दिइरहेका छौं ।

४ यी विभिन्न संकायहरुको स्कोप विद्यार्थीका लागि कस्तो छ ?

अहिले कक्षा १२ उत्तीर्ण गर्नु भनेको SLC S परीक्षा उत्तीर्ण गर्नु हो , यसर्थ कक्षा ११/१२ पढ्नु भनेको भविष्यमा उच्च शिक्षा हासिल गर्नको निम्ति बाटो खोल्नु हो । सबैभन्दा महत्वपूर्ण कुरा भनेको समाजको लागि आवश्यक Human Resource तयार हुनु हो ।

भविष्यमा सूचना प्रबिधि, मेडिकल, प्यारा-मेडिकल, कृषि, बन बिज्ञानतर्फ आफ्नो भबिष्य देख्ने विद्यार्थीहरुले बिज्ञान समुह; लेखा, ब्यबस्थापन, बैंकिंग, निजामती सेवातिर रुचि हुने विद्यार्थीहरुले व्यवस्थापन समुह; सामाजिक अभियन्ता, लेखक, पत्रकार बन्न चाहने विद्यार्थीहरुले मानविकी समुहका बिषयहरु अध्ययन गर्दा राम्रो होला।

कक्षा ११ र १२ मा बिज्ञान समुहका बिषयहरु अध्ययन गर्दा कुनै पनि समुहमा स्नातक तहको अध्ययनको अवसर मिल्ने हुदा उच्च शिक्षा हासिल पछि सूचना प्रविधि, सुरक्षा, शिक्षा, बित्त क्षेत्र, स्वास्थ्य, कृषि, वन, आदि सार्बजनिक निकायहरुमा कार्यरत रही देश र समाजको सेवा गर्न सकिन्छ ।

५ कक्षा ११ का लागि के कस्ता योजनाहरु बनाउनु भएको छ ?

भक्तपुर जिल्लालाई शैक्षिक गन्तब्य बनाउने लक्ष्यका साथ हामी अगाडी बढिरहेका छौं। विज्ञान, व्यवस्थापन र मानविकीका विषयहरु अध्ययनको निम्ति भर्ना कार्य गरिराखेका छौँ . फारम भर्ने विद्यार्थीहरुको चहलपहल बढेको छ । आबश्यक जानकारीको निम्ति विभिन्न सञ्चार माध्यमहरुबाट प्रचार प्रसारका कार्यहरु पनि गरिरहेका छौं ।

गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई मध्यपुर थिमी नगरपालिकाबाट कक्षा ११/१२ पढ्ने विद्यार्थीहरुलाई दिइने छात्रवृत्तिको अलावा उनीहरुले एसईईमा प्राप्त गरेको जिपीएको आधारमा भर्ना शुल्क, बार्षिक, मासिक शुल्कमा छात्रवृत्ति र छुट दिने बन्दोबस्त गरेका छौं । विद्यार्थीहरुको अपेक्षा पुरा गर्ने उद्देश्यका साथ भौतिक र शैक्षिक सुबिधामा बिशेष ध्यान दिएका छौं।

भक्तपुरका विभिन्न क्षेत्र जस्तै बालकोट, सिरुटार, दधिकोट, गुन्डु, सिपाडोल, जगाती, सरस्वतिखेल, दुव्कोट, चाँगु लगायतको क्षेत्रमा यातायातको व्यवस्था गरेका छौँ।

६ यहि विद्यालयमा अध्ययन गरि धेरै विद्यार्थीहरु अहिले विभिन्न क्षेत्रमा विभिन्न पदमा सेवारत पनि छन् होला। एस एस कलेजमार्फत अध्ययन पूरा गरि हाल विद्यार्थीहरु कहाँ कहाँ ब्यस्त छन् ? तपाइलाई जानकारी छ ?

निरन्तर उत्कृष्ट नतिजा प्राप्त गर्दै आइरहेको यस विद्यालय अभिवावक तथा शुभ-चिन्तकहरुको साथ र सहयोग एबम बिध्यार्थी, शिक्षक, र ब्यबस्थापनको साझा प्रयासले राष्ट्रिय परीक्षा बोर्डबाट सञ्चालित वार्षिक परीक्षामा बारम्बार जिल्लामा सर्वोत्कृष्ट एबम विज्ञान संकायमा बोर्ड द्वितीय हुन सफल भई आफुलाई ‘Board Topper Status’ भएको विद्यालयको रुपमा आफुलाई उभ्याउन सफल भएको कुरा उल्लेख गर्न चाहन्छु।

एस एस कलेजले अहिले १८ औं ब्याचको निम्ति कक्षा ११ मा भर्ना आव्ह्वान गरेको छ भने १५ औं ब्याचसम्मका विद्यार्थीहरू उत्कृष्ट नतिजाका साथ उत्तीर्ण भई हाल देश तथा बिदेशमा विभिन्न क्षेत्रमा कार्यरत रहेका छन् ।

७ यी विभिन्न संकाय अध्ययनका लागि विद्यार्थीले एस एस कलेजनै किन छान्न आवश्यक छ ? जानकारी दिनुस न।

चम्केको घोडा भएर होइन, हात्ती जस्तै लम्केर गन्तव्यमा पुग्न सकिन्छ भन्ने मान्यता बोकेर अघि बढेका छौँ। शान्त वाताबरण, सुविधासम्पन्न कक्षा कोठा, प्रयोगशाला, पुस्तकालय, प्रविधिको उच्चतम प्रयोग गर्दै बिध्यार्थीहरुको आबश्यकता अनुसार अविभावकसंग समय समयमा अन्तरक्रिया गर्दै योग्य र दक्ष शिक्षकहरुबाट अध्यापन गराउँदै आएका छौं ।

स्थापनाकालदेखि प्रविधिमैत्री र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छौँ। हामी कोरा किताबी ज्ञान आजको विश्वको आबश्यकता होइन भन्ने कुरामा सजग भई सिकाइलाई ब्यबहारमा उतार्न जोड दिन्छौं।

शिक्षाको राष्ट्रिय उद्देश्यको परिधिमा समाहित हुदै विश्वलाई साझा घरको रूपमा लिई सबैलाई शिक्षा, शान्ति र समृद्घिको पथतिर उन्मुख गराउने पवित्र लक्ष्य लिई सहरी क्षेत्रका विद्यार्थीहरूमा मात्र केन्द्रित नभई दुर्गम तथा सिमान्तीकृत, राष्ट्रको निम्ति लागीपरेका खेलाडीहरू एवम् सहिदका सन्ततीहरूलाई विशेष छात्रवृत्ति तथा प्रोत्साहन प्रदान गर्दछौं ।

८ अन्तिमा तपाईका अभिभावक अनि विद्यार्थी साथै शुभचिन्तकहरु प्रति सन्देश के रहेको छ ?

शैक्षिक गुणस्तरमा अब्बल, प्रतिस्पर्धी र असल नागरिक तयार गरी भक्तपुरलाई शैक्षिक गन्तब्य बनाउने लक्ष्यमा अघि बढिरहेका छौं । यस कार्यमा हामीलाई रचनात्मक सल्लाह, सुझाव र सहयोग गर्नु हुने सम्पूर्ण महानुभाबहरुमा हार्दिक आभार ब्यक्त गर्दै यहाहरुले हामी प्रति देखाउनु भएको बिश्वासको लागि धन्यवाद ब्यक्त गर्दछौं।

आज धेरै जस्तो स्कुल, कलेजमा बिद्यार्थीलाई परामर्शको नाममा हुकिंग गर्ने प्रबृत्ति बढी छ। विद्यार्थीको रुचि के मा छ भन्दा पनि बढी आफु कुन बिषयमा दख्खल राख्छु भन्ने भन्ने कुराको प्रभाव पर्न सक्छ। त्यसैले जीवनको गोरेटो छान्ने प्रक्रियामा विद्यार्थी स्वयम सचेत बन्नु पर्छ।

हाम्रो कलेजमा आउने बिद्यार्थीहरुको रुचि र उद्देश्य बुझेर उचित परामर्श प्रदान गर्दछौं । त्यसैले बिषय, समूह र कलेजको छनौट गर्न आबश्यक परामर्शको लागि पनि एस एस कलेजमा आमन्त्रण गर्दछौं। धन्यवाद।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 July 2023
Website | + posts