स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, साउन ५ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ । बिहीबार प्रतितोला एक लाख १३ हजार ६ सय रुपैयाँमा बिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ११२ हजार २ सय ५० रुपैयाँमा बिक्रि भइरहेको छ जुन हिजो प्रतितोला १ लाख १३ हजार ५० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला १ हजार ४ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 July 2023
Website | + posts




ताजा
देशका सबै संघीय अस्पतालमा भुक्तानी अनलाइन तथा क्युआर मार्फत गर्न निर्देशन
बाराहीस्थानबाट वंशगोपालसम्म र रामन्दिरदेखि तालाक्व हुँदै बोलाछेँ सम्मको सडक ‘वान वे’ गर्ने तयारी
सूचना तथा प्रसारण विभागद्वारा अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित
मनसूनमा यी पाँच फलफूलको सेवनले स्वास्थ्यमा समस्या निम्त्यान सक्छ




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण