स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, साउन ५ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ । बिहीबार प्रतितोला एक लाख १३ हजार ६ सय रुपैयाँमा बिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ११२ हजार २ सय ५० रुपैयाँमा बिक्रि भइरहेको छ जुन हिजो प्रतितोला १ लाख १३ हजार ५० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला १ हजार ४ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

Published Date: 21 July 2023


ताजा
आज सोमबारको राशिफल
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड