सुन तस्करीमा संलग्न रहेको आरोपमा हालसम्म १० जना पक्राउ, चार जनालाई आज म्याद थप गरिने

सुन तस्करीमा संलग्न रहेको आरोपमा हालसम्म १० जना पक्राउ, चार जनालाई आज म्याद थप गरिने : Icon Khabar

काठमाडौं, साउन ५ । राजस्व अनुसन्धान विभागले एक सय केजी सुन तस्करीमा संलग्न रहेको आरोपमा हालसम्म १० जनालाई पक्राउ गरेको छ । विभागको टोलीले गए राति थप तीन कार्गो कम्पनी सञ्चालकलाई पक्राउ गरेको छ । योसँगै पक्राउ पर्नेको संख्या १० पुगेको छ ।

पक्राउ परेका ६ जनालाई यसअघि नै उच्च अदालत पाटनले १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । बिहीबार पक्राउ परेका चिनियाँ नागरिकसहित चारजनालाई आज म्याद थप गर्ने भनिएको छ ।

ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक कृष्णकुमार श्रेष्ठ बिहीबार राति कोटेश्वरबाट पक्राउ परेका हुन् । यसअघि ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ पक्राउ परेका थिए ।

जुन कम्पनीको नामबाट सुन आयो, सो कम्पनीले सामान आयात–निर्यातमा सक्रिय रहेको पत्ता लगाएपछि उनीहरुलाई पक्राउ गरिएको डिआरआईका महानिर्देशक नवराज ढुंगानाले बताए । घटनामा संलग्न अन्यमाथि पनि अनुसन्धान भइरहेको छ ।

चिनियाँ नागरिक लिन जेक्वाङलाई बिहीबार दिउँसो पक्राउ गरिएको हो । उनलाई चीन जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । बुधबार पक्राउ पर्नेमा सुन तस्करीमा संलग्न ट्याक्सी चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल रहेका छन् ।

त्रिआया भन्सार कार्यालयले बुधबार राति हङकङबाट ल्याइएको झण्डै एक सय किलो सुन डिआरआईको टोलीले बरामद गरेको हो ।

Published Date: 21 July 2023


ताजा
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड