सुन तस्करीमा संलग्न रहेको आरोपमा हालसम्म १० जना पक्राउ, चार जनालाई आज म्याद थप गरिने

सुन तस्करीमा संलग्न रहेको आरोपमा हालसम्म १० जना पक्राउ, चार जनालाई आज म्याद थप गरिने : Icon Khabar

काठमाडौं, साउन ५ । राजस्व अनुसन्धान विभागले एक सय केजी सुन तस्करीमा संलग्न रहेको आरोपमा हालसम्म १० जनालाई पक्राउ गरेको छ । विभागको टोलीले गए राति थप तीन कार्गो कम्पनी सञ्चालकलाई पक्राउ गरेको छ । योसँगै पक्राउ पर्नेको संख्या १० पुगेको छ ।

पक्राउ परेका ६ जनालाई यसअघि नै उच्च अदालत पाटनले १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । बिहीबार पक्राउ परेका चिनियाँ नागरिकसहित चारजनालाई आज म्याद थप गर्ने भनिएको छ ।

ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक कृष्णकुमार श्रेष्ठ बिहीबार राति कोटेश्वरबाट पक्राउ परेका हुन् । यसअघि ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ पक्राउ परेका थिए ।

जुन कम्पनीको नामबाट सुन आयो, सो कम्पनीले सामान आयात–निर्यातमा सक्रिय रहेको पत्ता लगाएपछि उनीहरुलाई पक्राउ गरिएको डिआरआईका महानिर्देशक नवराज ढुंगानाले बताए । घटनामा संलग्न अन्यमाथि पनि अनुसन्धान भइरहेको छ ।

चिनियाँ नागरिक लिन जेक्वाङलाई बिहीबार दिउँसो पक्राउ गरिएको हो । उनलाई चीन जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । बुधबार पक्राउ पर्नेमा सुन तस्करीमा संलग्न ट्याक्सी चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल रहेका छन् ।

त्रिआया भन्सार कार्यालयले बुधबार राति हङकङबाट ल्याइएको झण्डै एक सय किलो सुन डिआरआईको टोलीले बरामद गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 July 2023
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान








ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट