वाणिज्य बैंकहरुले सार्वजनिक गर्यो साउन महिनाको लागि नयाँ ब्याजदर

वाणिज्य बैंकहरुले सार्वजनिक गर्यो साउन महिनाको लागि नयाँ ब्याजदर : Icon Khabar

काठमाडौं, असार ३१ । साउन महिनाको लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । वाणिज्य बैंकहरुले लामो समयदेखि भद्र सहमतिका नाममा गर्दै आएको ‘ब्याजदर कार्टेलिङ’ को अन्त्य गरेसँगै साउनका लागि बैंकहरुले फरक फरक ब्याजदर निर्धारण गरेका छन् ।

केही बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर अघिल्लो महिनाको तुलनामा बढाएका छन् भने केही बैंकले घटाएका छन् । असारमा बैंकहरुले मुद्दति निक्षेपमा ९.९९% ब्याज दिइरहेका छन् । बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १०% विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था रहेको छ । सोहीअनुसार वाणिज्य बैंकहरुले असारको लागी नयाँ ब्याजदर निर्धारण गरेको छन् ।

लामो समयदेखि ‘ब्याजदर कार्टेलिङ’ गर्दै आएका बैंकहरुले चौतर्फी दबाबका बीच यसको अन्त्य गरेका छन् ।‘ब्याजदर कार्टेलिङ’ को अन्त्यले खुला अर्थतन्त्रको संकेत गर्ने जानकारहरुले बताएका छन् । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपालप्रसाद भट्टले भने, ‘‘ब्याजदर कार्टेलिङ’ को अन्त्यले खुला अर्थतन्त्रको संकेत गर्छ ।’ साथै, उनले यसबाट सर्वसाधारणलाई केही फाइदा पुग्ने बताए ।

Published Date: 16 July 2023
Website | + posts




















ताजा
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक