रास्वपाको विरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

रास्वपाको विरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित : Icon Khabar

काठमाडौं, असर ३१ । राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक कानुनमन्त्री धनराज गुरुङले प्रतिनिधिसभामा पेश गरेपछि रास्वपा सांसदहरुले उठेर विरोध जनाएका थिए ।

सभामुख देवराज घिमिरेले आफूले प्रतिनिधिसभा नियमावली अनुसार नै बैठक चलाएको र रास्वपा सांसदहरुले नै समयमा आफ्नो असहमति राख्न नसकेको बताए ।

तर रास्वपा सांसदहरुले सभामुखले प्रक्रिया मिचेको भन्दै आपत्ति जनाइरहे । रास्वपा सांसदहरु सिटबाट उठेर वेल घेर्न आएका थिए, सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरिदिए ।

Published Date: 16 July 2023


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर