रास्वपाको विरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

रास्वपाको विरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित : Icon Khabar

काठमाडौं, असर ३१ । राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक कानुनमन्त्री धनराज गुरुङले प्रतिनिधिसभामा पेश गरेपछि रास्वपा सांसदहरुले उठेर विरोध जनाएका थिए ।

सभामुख देवराज घिमिरेले आफूले प्रतिनिधिसभा नियमावली अनुसार नै बैठक चलाएको र रास्वपा सांसदहरुले नै समयमा आफ्नो असहमति राख्न नसकेको बताए ।

तर रास्वपा सांसदहरुले सभामुखले प्रक्रिया मिचेको भन्दै आपत्ति जनाइरहे । रास्वपा सांसदहरु सिटबाट उठेर वेल घेर्न आएका थिए, सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरिदिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 July 2023
Website | + posts




ताजा
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि
मौसमको जानकारी लिएर मात्र ट्रेकिङ्ग जना आग्रह


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने