निगमले घटायो ग्यास र पेट्रोलको भाउ

निगमले घटायो ग्यास र पेट्रोलको भाउ : Icon Khabar

काठमाडौं, असार ३१ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलको भाउ घटाएको छ । ग्यासको मूल्यप्रति सिलिण्डर १० रुपैयाँले घटाएर १,७९० रुपैयाँ कायम गरेको छ ।

आज राति १२ बजेबाट लागू हुने मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ मूल्य घटेको छ । पेट्रोलको मूल्य अब उपत्यकामा प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ भने अन्य ठाउँअनुसार फरक फरक दर कायम भएको छ । डिजलको मूल्य पनि प्रतिलिटर ४ रुपैयाँ घटेको छ ।

अब उपत्यकामा डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ कायम भएको छ । निगमले आजैबाट स्वचालित मूल्य निर्धारण प्रणाली लागू गरेको छ । भारतीय आयल कर्पोरेसनले १५ दिनमा नयाँ मूल्य पठाउँछ । अब सोही मूल्यअनुसार इन्धनको मूल्य समायोजन हुनेछ ।

इण्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको आजै नयाँ मूल्यसूची पठाएको थियो । नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य घटेर आएको छ भने डिजेलको मूल्य बढेर आएको छ । डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ भने पेट्रोलको मूल्य ३४ पैसाले घटेको नेपाल आयल निगमले जनाएको छ ।

Published Date: 16 July 2023
Website | + posts




















ताजा
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक