एसईई पछि व्यवस्थापन र मानविकी संकायको अध्ययनका लागि अक्सफोर्ड प्राक्टिकल स्कूल

एसईई पछि व्यवस्थापन र मानविकी संकायको अध्ययनका लागि अक्सफोर्ड प्राक्टिकल स्कूल : Icon Khabar

भक्तपुर, असार २२ । भक्तपुर नपा वडा नं १ सल्लाघारीमा अवस्थित अक्सफोर्ड प्राक्टिकल स्कूलले देशकै शैक्षिक उन्नयनमा विगत लामो समयदेखि महत्वपुर्ण भूमिका खेल्दै आएको छ। शिशु कक्षा देखि कक्षा १२ सम्म अध्ययन अध्यापन गराउदै आएको सो विद्यालयले विद्यार्थीहरुको सर्वाङ्गिण विकासका लागि अध्ययनसँगै विभिन्न क्रियाकलापहरुलाई पनि प्राथमिकतामा राख्दै आएको छ।

अक्सफोर्ड प्राक्टिकल स्कूलले भक्तपुर जिल्लामा बसोबास गर्ने विद्यार्थीहरुले आफ्नो एसईई सकेपश्चात जिल्ला भन्दा बाहिर अध्ययन गर्न जान नपरोस र आफ्नै जिल्लामा गुणस्तरीय अनि व्यवहारिक शिक्षा प्राप्त गर्न सकोस भन्ने हेतुले गत वर्षदेखि सुलभ शुल्कमा कक्षा ११ र १२ मा व्यवस्थापन अनि मानविकी संकायको अध्ययन गराउदै आएको छ।

अनुभवी तथा दक्ष शिक्षक शिक्षिकाहरुको टीमद्वारा अध्यापन गराउने सो विद्यालयले आगामी शैक्षिक सत्रका लागि कक्षा ११ मा व्यवस्थापन र मानविकी संकायमा भर्ना आह्वान गरेको छ।

व्यवस्थापन संकाय अन्तर्गत विजनेश स्टडी, होटल म्यानेजमेन्ट, हस्पिटालिटी म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मार्केटिङ्ग र अर्थशास्त्रको पढाइ हुन्छ भने मानविकी संकाय तर्फ़ सोसियोलोजी, अंग्रेजी, नेपाली, आम संचार, ग्रामिण विकास, जनसंख्या, र विजनेश म्याट (विज गणित) को पढाइ हुँदै आएको छ।

स्कूलले जेहेन्दार विद्यार्थीका लागि उचित छात्रवृतिको व्यवस्था पनि गर्दै आएको छ। छात्रवृतिको लागि प्रवेश परिक्षा यहि २०८० असार २६ गते बिहान ८ बजे देखि ९ बजेसम्म रहेको छ। त्यसैगरी छात्रवृतिको लागि लिईएको प्रवेश परिक्षाको नतिजा यहि असार २७ गते प्रकाशित हुने बताइएको छ।

 

Published Date: 07 July 2023
Website | + posts




















ताजा
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक