एसईई पछि व्यवस्थापन र मानविकी संकायको अध्ययनका लागि अक्सफोर्ड प्राक्टिकल स्कूल

एसईई पछि व्यवस्थापन र मानविकी संकायको अध्ययनका लागि अक्सफोर्ड प्राक्टिकल स्कूल : Icon Khabar

भक्तपुर, असार २२ । भक्तपुर नपा वडा नं १ सल्लाघारीमा अवस्थित अक्सफोर्ड प्राक्टिकल स्कूलले देशकै शैक्षिक उन्नयनमा विगत लामो समयदेखि महत्वपुर्ण भूमिका खेल्दै आएको छ। शिशु कक्षा देखि कक्षा १२ सम्म अध्ययन अध्यापन गराउदै आएको सो विद्यालयले विद्यार्थीहरुको सर्वाङ्गिण विकासका लागि अध्ययनसँगै विभिन्न क्रियाकलापहरुलाई पनि प्राथमिकतामा राख्दै आएको छ।

अक्सफोर्ड प्राक्टिकल स्कूलले भक्तपुर जिल्लामा बसोबास गर्ने विद्यार्थीहरुले आफ्नो एसईई सकेपश्चात जिल्ला भन्दा बाहिर अध्ययन गर्न जान नपरोस र आफ्नै जिल्लामा गुणस्तरीय अनि व्यवहारिक शिक्षा प्राप्त गर्न सकोस भन्ने हेतुले गत वर्षदेखि सुलभ शुल्कमा कक्षा ११ र १२ मा व्यवस्थापन अनि मानविकी संकायको अध्ययन गराउदै आएको छ।

अनुभवी तथा दक्ष शिक्षक शिक्षिकाहरुको टीमद्वारा अध्यापन गराउने सो विद्यालयले आगामी शैक्षिक सत्रका लागि कक्षा ११ मा व्यवस्थापन र मानविकी संकायमा भर्ना आह्वान गरेको छ।

व्यवस्थापन संकाय अन्तर्गत विजनेश स्टडी, होटल म्यानेजमेन्ट, हस्पिटालिटी म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मार्केटिङ्ग र अर्थशास्त्रको पढाइ हुन्छ भने मानविकी संकाय तर्फ़ सोसियोलोजी, अंग्रेजी, नेपाली, आम संचार, ग्रामिण विकास, जनसंख्या, र विजनेश म्याट (विज गणित) को पढाइ हुँदै आएको छ।

स्कूलले जेहेन्दार विद्यार्थीका लागि उचित छात्रवृतिको व्यवस्था पनि गर्दै आएको छ। छात्रवृतिको लागि प्रवेश परिक्षा यहि २०८० असार २६ गते बिहान ८ बजे देखि ९ बजेसम्म रहेको छ। त्यसैगरी छात्रवृतिको लागि लिईएको प्रवेश परिक्षाको नतिजा यहि असार २७ गते प्रकाशित हुने बताइएको छ।

 

Published Date: 07 July 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २४ गते मंगलबार
मंगलबार नेप्से परिसूचक २.६१ अंकले घट्यो
पेट्रोलियम पदार्थको पैठारीमा भन्सार महसुल कर ५० प्रतिशत छुट दिने सरकारको निर्णय
मन्त्रिपरिषद्को आकस्मिक बैठक अहिले दिउँसो १ बजे बस्दै




ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता