विद्युत उत्पादकहरुले उठाएका माग सम्बोधन गर्ने : प्रधानमन्त्री दाहाल

विद्युत उत्पादकहरुले उठाएका माग सम्बोधन गर्ने : प्रधानमन्त्री दाहाल : Icon Khabar

काठमाडौं, असार २२ । प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रका विद्युत् उत्पादक कम्पनीले उठाएका माग सम्बोधन गर्न सरकारले सक्दो पहल गर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज स्वतन्त्र उर्जा उत्पादक संघ नेपालका पदाधिकारीहरुसँगको भेटमा प्रधानमन्त्री दाहालले पहिरो र बाढीबाट क्षति भएका आयोजनाको मुआब्जा दिन सरकारले पहल गर्ने बताए ।

उनले हालैको भारत भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनका लागि आवश्यक तयारी र पहल भइरहेको जानकारी दिए ।

प्रधानमन्त्रीले स्वतन्त्र उर्जा उत्पादकहरुले उठाएका केही नीतिगत र समसामयिक विषयलाई सम्बोधन गर्ने आश्वासन पनि दिए ।

सो अवसरमा इपानले क्षतिग्रस्त जलविद्युत् आयोजनाको पुनर्निर्माणका लागि नेपाल राष्ट्र बैंकसँग पुनर्कर्जा, विद्युत उत्पादनको म्याद दुई वर्ष थप गर्न र पुनर्निर्माणका लागि आवश्यक मेसिन तथा पार्टपुर्जा आयात गर्दा भन्सार र भ्याटमा छुट उपलब्ध गराउन माग गरेको थियो ।

संघका अध्यक्ष गणेश कार्कीले ‘सर्भेयर’को प्रारम्भिक विवरणका आधारमा बीमाबाट ५० प्रतिशत अग्रिम उपलब्ध गराउने र २० प्रतिशत सम्म आयोजनाको पुनर्निर्माणका लागि लिएको ऋणको पुनर्तालिकाको व्यवस्था गर्न पनि प्रधानमन्त्रीसँग माग गरेका छन् ।

ऊर्जा विकासका लागि अनुकूल वातावरण सिर्जना गर्न, नेपाल विद्युत प्राधिकरणमा निवेदन दिएका आयोजनासँग विद्युत् खरिद सम्झौता गर्न र विद्युत ऐन तुरुन्त पारित गर्नुपर्ने पनि ऊर्जा उत्पादकहरूले माग गरेका छन् ।

Published Date: 07 July 2023
Website | + posts




















ताजा
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक