शनिवार पनि बैंक तथा वित्तीय संस्थाहरुले कार्यालय खोल्नु पर्ने

शनिवार पनि बैंक तथा वित्तीय संस्थाहरुले कार्यालय खोल्नु पर्ने : Icon Khabar

काठमाडौँ, असार २२ । शनिवार पनि बैंक तथा वित्तीय संस्थाहरुले कार्यालय खोल्नु पर्ने भएको छ ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै राजस्व संकलन, चेक क्लियरिङ, फण्ड ट्रान्सफरका लागि भोलि असार २३ शनिवार र असार ३० गते शनिवार पनि राति ८ बजेसम्म बैंक तथा वित्तीय संस्था खुला राख्न भनेको हो ।

यस्तै असार ३१ गतेपनि बेलुका सात बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैंकहरु खुला राख्न भनेको छ । चालु आर्थिक वर्ष २०७९/८० सकिनै लाग्दा सरकारलाई राजस्व संकलनको दबाब परेको छ ।

बैंक तथा वित्तीय संस्थाहरु साथै नेपाल क्लियरिङ हाउस खुला राखी राजस्व बुझ्ने व्यवस्था गराउन केन्द्रिय बैंकले सूचना जारी गरेको छ ।

Published Date: 07 July 2023
Website | + posts




















ताजा
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक