अध्यक्ष तिमिल्सिनासँग कतारी राजदुतको बिदाई भेट

अध्यक्ष तिमिल्सिनासँग कतारी राजदुतको बिदाई भेट : Icon Khabar

काठमाडौँ, असार २२ । राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद र नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मद अल–हेलले शुक्रबार बिदाई भेट गरेका छन् ।

राजदुत हेलले सिंहदरबारस्थित अध्यक्ष ज्यूको कार्यकक्षमा गरेको बिदाई भेटमा नेपाल नेपाल र कतारबीच रोजगारी, व्यापार, लगानी, पर्यटन लगायतका क्षेत्रमा अझै फराकिलो र गहिरो द्विपक्षीय सम्बन्धको विकास हुँदै गएको बारेमा चर्चा भएको थियो ।

अध्यक्ष तिमिल्सिनाले ठूलो संख्यामा नेपाली नागरिकहरूलाई रोजगारीको अवसर प्रदान गरेकोमा कतार सरकारको प्रशंसा गर्दै कतारको अर्थतन्त्रलाई पनि उकास्न नेपाली कामदारहरूले गरेको योगदानप्रति सन्तुष्टि व्यक्त गरे।

उहाँले कतारमा कार्यरत नेपाली श्रमिकले रेमिट्यान्स मार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान दिएको तथा यसले नेपाली जनताको जीवनस्तर उकास्न मद्दत गरेको र नेपाल वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन प्रतिबद्ध रहेको छ भने।

अध्यक्ष तिमिल्सिनाले कतार लगायतका मुलुकको थप उन्नत बन्दैगएको श्रम बजारमा रोजगारी र उच्च आय सुनिश्चित गर्न नेपालले अर्धदक्ष र दक्ष श्रमिकहरु पठाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको पनि बताए।

उनले दुई देशबीचको सिधा हवाई सम्पर्कले मानिसहरूको आवतजावतलाई सहज बनाएको छ र पर्यटन प्रर्वद्धनमा मद्दत गरेको उल्लेख गर्दै हाल नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्स गरी तीन एयरलाइन्सले नेपाल र कतारबीच सिधा हवाई उडान गरिरहेका छन् भने। यस्तै नेपाल आगामी दिनमा दुई देश र जनताको पारस्परिक हितका लागि मित्रवत सम्बन्धलाई थप सुदृढ पार्न द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय तहमा कतारसँग नजिकबाट काम गर्न तत्पर रहेको कुरा भने।

भेटमा राजदुतले नेपाली श्रमिकले कतारको बिकासका लागि पु¥याएको योगदानको प्रसंशा गर्दै बढीभन्दा बढी सुबिधा उपलब्ध गराउने बिषयमा पनि गम्भीर रहेको बताए । उनले पोखरा लगायतका बिमानस्थलमा सिधा उडानका लागि कतारका एयरलायन्सहरुको चाँसो राखेर नेपाल सरकारका निकायहरुमा ५÷६ पटक सम्म पत्राचार गरेपनि नेपाली पक्षबाट कुनै प्रतिकृया पाउन नसकेको गुनासो समेत गरे। उनले नेपालले चाँसो राखेर अघि बढेमा पोखरा, भैरहवाबाट सिधा उडान नियमित गर्न कुनै समस्या छैन भने।

Published Date: 07 July 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २४ गते मंगलबार
मंगलबार नेप्से परिसूचक २.६१ अंकले घट्यो
पेट्रोलियम पदार्थको पैठारीमा भन्सार महसुल कर ५० प्रतिशत छुट दिने सरकारको निर्णय
मन्त्रिपरिषद्को आकस्मिक बैठक अहिले दिउँसो १ बजे बस्दै




ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता