चोट पटकबाट बसेको दागका कारण लज्जित हुनुहुन्छ ? यसरी गर्नुहोस् केही दिनमै गायब

चोट पटकबाट बसेको दागका कारण लज्जित हुनुहुन्छ ? यसरी गर्नुहोस् केही दिनमै गायब : Icon Khabar

काठमाडौँ, असार २२ । सानो छँदा कति पटक लड्नुभयो होला । चोटपटक लाग्यो होला। त्यसबेलाको दाग अहिलेपनि होला। अथवा काम गर्दा तपाईको हातखुट्टामा सानोतिनो चोट लाग्यो होला। चोट त निको भएको होला । तर, दाग अझै बाँकी हुनसक्छ। छालाको यस्तो दाग तपाईंलाई असहज लागिरहेको पो होला कि? अनुहार तथा छालामा बसेको दागकै कारण व्यक्तिको सौन्दर्यतामा समेत आँच आउने गर्दछ।

त्यसैले, पछिल्लो समय मानिसहरु यस्ता दाग हटाउन विभिन्न उपाय अपनाउने गर्दछ। विशेषगरी, लेजर ट्रिटमेन्ट, सर्जरीद्धारा पनि मानिसहरु यस्ता दाग हटाउन हरसम्भव प्रयास गर्दछन्। यस्ता प्रयास महँगो त हुन्छ नै, कम हुन्छ भन्ने पनि हुँदैन । जबकी केही घरेलु उपाय अपनाएरै पनि चोटका कारण लागेको यस्ता दाग प्राकृतिक रुपमै हटाउन सकिन्छ।

कागती
शरीरमा भएको दाग मेटाउनका लागि कागतीको प्रयोग पनि राम्रो मानिन्छ। कागतीमा प्राकृतिक व्लिचिङ्ग गुण रहेको हुन्छ, जुन चोटका करण शरीरमा लागेको दाग कम गर्न सहायक मानिन्छ।

तर कुनै पनि दागमा कागतीको प्रयोग गर्दा त्यसलाई सिधै घाउमा लगाउनु हुँदैन। कागतीको रसलाई कपासको सहायताले घाउमा लगाउनु पर्छ । यो प्रकृयालाई लगातार एक हप्तासम्म दोहर्‍याएको खण्डमा यो समस्या क्रमश कम हुँदै जान्छ।

बेसार
बेसारमा प्राकृतिक व्लिचिङ्ग गुण हुन्छ, जसले घाउका कारण लागेको दाग कम गर्नमा मद्दत गर्छ । बेसारलाई मह वा दहीमा मिसाएर दागमा लगाउनु पर्छ । यति गरेमा यो दाग क्रमश कम हुँदै जान्छ।

मह
महद्धारा पनि घाउको दागलाई सजिलै मेटाउन सकिन्छ। महमा कागतीको रस मिसाएर छिट्टै दाग कम हुने गर्छ।

काक्रोँ
शरीरलाई स्वस्थ राख्न तथा छालालाई नरम बनाउन तथा शरीरलाई हाइड्रेट राख्न काक्रो लाभदायक मानिन्छ। काक्रोको पेस्टलाई नियमित रुपमा ठाउँमा लगाएको खण्डमा मात्र पनि घाउका कारण भएको दाग विस्तारै कम भएर जान्छ।

चन्दन
चन्दन पनि अनुहारको लागि राम्रो मानिन्छ। चन्दनको पाउडरमा दुई चम्चा दूधको साथमा गुलाव जल मिसाएर त्यसको पेस्टलाई घाउमा लगाएर करिब एक घण्टा सुक्नको लागि छोड्नु पर्छ। अब यसलाई चिसो पानीले धुनु पर्छ। यो प्रकृया नियमति रुपमा अपनाएको खण्डमा अनुहारको दाग क्रमश कम हुँदै जान्छ।

एलोभेरा
एलोभेरा जेल अनुहारका लागि निकै फाइदाजनक मानिन्छ । यो जेललाई राती सुत्नु अगाडी दाग भएको ठाउँमा लगाउनाले दागमा फाइदा हुन्छ।

Published Date: 07 July 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग