बिहिबार सुनको मूल्य प्रतितोला रू १०० ले बढ्यो

बिहिबार सुनको मूल्य प्रतितोला रू १०० ले बढ्यो : Icon Khabar

काठमाडौं, असार २१ । सुनको भाउ लगातार ३ दिन बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोल १०० रुपैयाँले बढेर १ लाख १० हजार ७०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार १५० रुपैयाँ निर्धारण भएको छ ।

मंगलबार र बुधबार पनि सुनको भाउ क्रमशः प्रतितोला ४०० र २०० रुपैयाँले बढेको थियो ।यसअघि बुधबार सुनको मूल्य १ लाख १० हजार ६०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १० हजार ५० रुपैयाँ निर्धारण भएको थियो । यता, बिहीबर चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको भाउ तोलाको १३ सय ८० रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९१७.८७ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २२ डलरमा कारोबार भइरहेको छ ।

Published Date: 06 July 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै