पहिरोले कास्कीका दुई परिवार विस्थापित

पहिरोले कास्कीका दुई परिवार विस्थापित : Icon Khabar

कास्की, असार २१ । अविरल वर्षाका कारण कास्कीको माडीमा पहिरोले दुई परिवार विस्थापित भएका छन् भने चार घर विपद्को जोखिममा परेका छन् ।

अविरल वर्षाका कारण माडी वडा नं ६ मा पाँच घर र वडा नं १ मा एक घर पहिरोको चपेटामा परेका छन् । कमलापति बराल र दीपक बरालका परिवार आफन्तको घर र सामाजिक संस्थामा शरण लिएको स्थानीय प्रतिनिधि दिलबहादुर क्षेत्रीले बताए ।

पीडित परिवारको वैकल्पिक व्यवस्थापनका लागि स्थानीय सरकारलाई पहल गर्न सिफारिस गरिएको उनले बताए ।

गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले विस्थापित परिवारलाई राहत दिने प्रतिवद्धता व्यक्त गरे ।

माडीका अन्य वडाहरूले बाढीको परिणाम भोगिरहेका छन् जसले गाउँका ग्रामीण सडकहरूलाई विशेष रूपमा क्षति पुर्याएको छ।

Published Date: 06 July 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै