पहिरोले कास्कीका दुई परिवार विस्थापित

पहिरोले कास्कीका दुई परिवार विस्थापित : Icon Khabar

कास्की, असार २१ । अविरल वर्षाका कारण कास्कीको माडीमा पहिरोले दुई परिवार विस्थापित भएका छन् भने चार घर विपद्को जोखिममा परेका छन् ।

अविरल वर्षाका कारण माडी वडा नं ६ मा पाँच घर र वडा नं १ मा एक घर पहिरोको चपेटामा परेका छन् । कमलापति बराल र दीपक बरालका परिवार आफन्तको घर र सामाजिक संस्थामा शरण लिएको स्थानीय प्रतिनिधि दिलबहादुर क्षेत्रीले बताए ।

पीडित परिवारको वैकल्पिक व्यवस्थापनका लागि स्थानीय सरकारलाई पहल गर्न सिफारिस गरिएको उनले बताए ।

गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले विस्थापित परिवारलाई राहत दिने प्रतिवद्धता व्यक्त गरे ।

माडीका अन्य वडाहरूले बाढीको परिणाम भोगिरहेका छन् जसले गाउँका ग्रामीण सडकहरूलाई विशेष रूपमा क्षति पुर्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 July 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न