भारतीय सेयर बजारले दैनिक रेकर्ड ब्रेक गर्दै, सेयर बजारमा ‘बुल’ हाबी

भारतीय सेयर बजारले दैनिक रेकर्ड ब्रेक गर्दै, सेयर बजारमा ‘बुल’ हाबी : Icon Khabar

काठमाडौं, असार १८ । भारतीय सेयर बजारमा प्रमुख सेयर बजार सूचकहरु ‘बीएसई सेन्सेक्स’ र ‘निफ्टी ५०’ दैनिक रेकर्ड ब्रेक गर्दै अघि बढिरहेका छन् । सेन्सेक्स सोमबार ४८६ अंकले बढेर ६५,२०५ विन्दुमा बन्द भएको छ । जुन हालसम्मकै उच्च क्लोजिङ विन्दु हो ।

सेन्सेक्सले इतिहासमै पहिलो पटक ६५ हजार विन्दु पार गरेको हो ।यता, अर्को सेयर बजार सूचक निफ्टी ५० पनि सोमबार १३३ अंकले बढेर १९,३२२ को रेकर्ड उच्च विन्दुमा बन्द भएको छ । पछिल्लो समय विदेशी संस्थागत लगानीकर्ताले सेयर खरिद आक्रामक बनाएपछि भारतीय सेयर बजार अलटाइम हाई विन्दुमा पुगेको हो ।

यस्तै, विश्वभरको प्रमुख सेयर बजार बुलिस ट्रेन्डमा रहेका कारण भारतीय सेयर बजारमा पनि प्रभाव परेकोे छ । विदेशी पोर्टफोलियो लगानीकर्ताहरुले शुक्रबार मात्रै ७३ अर्ब ९७ करोड भारतीय रुपैयाँ बराबरको सेयर खरिद गरेको एक तथ्यांकले देखाएको छ ।

यता, भारतीय अर्थतन्त्र पनि बलियो अवस्थामा देखिएको छ । जुन महिनामा वस्तु तथा सेवा कर (जीएसटी) संकलन १.६१ लाख करोड भारु पुगेको छ । सकारात्मक घरेलु तथ्यांक र आशावादी विश्वव्यापी संकेतहरुले लगानीकर्ताहरुको मनोभावनालाई बलियो बनाएपछि बजार बुलिस बनेको हो ।

Published Date: 03 July 2023
Website | + posts




















ताजा
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक