भारतीय सेयर बजारले दैनिक रेकर्ड ब्रेक गर्दै, सेयर बजारमा ‘बुल’ हाबी

भारतीय सेयर बजारले दैनिक रेकर्ड ब्रेक गर्दै, सेयर बजारमा ‘बुल’ हाबी : Icon Khabar

काठमाडौं, असार १८ । भारतीय सेयर बजारमा प्रमुख सेयर बजार सूचकहरु ‘बीएसई सेन्सेक्स’ र ‘निफ्टी ५०’ दैनिक रेकर्ड ब्रेक गर्दै अघि बढिरहेका छन् । सेन्सेक्स सोमबार ४८६ अंकले बढेर ६५,२०५ विन्दुमा बन्द भएको छ । जुन हालसम्मकै उच्च क्लोजिङ विन्दु हो ।

सेन्सेक्सले इतिहासमै पहिलो पटक ६५ हजार विन्दु पार गरेको हो ।यता, अर्को सेयर बजार सूचक निफ्टी ५० पनि सोमबार १३३ अंकले बढेर १९,३२२ को रेकर्ड उच्च विन्दुमा बन्द भएको छ । पछिल्लो समय विदेशी संस्थागत लगानीकर्ताले सेयर खरिद आक्रामक बनाएपछि भारतीय सेयर बजार अलटाइम हाई विन्दुमा पुगेको हो ।

यस्तै, विश्वभरको प्रमुख सेयर बजार बुलिस ट्रेन्डमा रहेका कारण भारतीय सेयर बजारमा पनि प्रभाव परेकोे छ । विदेशी पोर्टफोलियो लगानीकर्ताहरुले शुक्रबार मात्रै ७३ अर्ब ९७ करोड भारतीय रुपैयाँ बराबरको सेयर खरिद गरेको एक तथ्यांकले देखाएको छ ।

यता, भारतीय अर्थतन्त्र पनि बलियो अवस्थामा देखिएको छ । जुन महिनामा वस्तु तथा सेवा कर (जीएसटी) संकलन १.६१ लाख करोड भारु पुगेको छ । सकारात्मक घरेलु तथ्यांक र आशावादी विश्वव्यापी संकेतहरुले लगानीकर्ताहरुको मनोभावनालाई बलियो बनाएपछि बजार बुलिस बनेको हो ।

Published Date: 03 July 2023
ताजा
रुकुम पूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित
काठमाडौं–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ भारी मतान्तरले निर्वाचित
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै


ट्रेन्डिङ
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो
शुक्रबार सुनको भाउ घट्यो