आज गुरू पूर्णिमा, समस्त शिष्यका लागि पवित्र दिन

आज गुरू पूर्णिमा, समस्त शिष्यका लागि पवित्र दिन : Icon Khabar

गुरुर्व्रह्मा गुरुर्विष्णु:
गुरुर्देवाे महेश्वर:।
गुरु: साक्षात् परव्रह्म
तस्मै श्रीगुरवे नम:।।

आज समस्त शिष्यका लागि पवित्र दिन हाे। माथिकाे गुरु वन्दना हरेक शिष्यले एक पटक सम्झेकै हुन्छ आज। आज आषाढ शुक्ल पूर्णिमा- गुरुपूर्णिमा,गुरुव्यास जयन्ती अनि दक्षिणामूर्ति उपसनाकाे दिन हाे भने भक्तपुरमा वीरानदी पूजन तथा वीरानदीमा स्नान गर्ने पवित्र दिन पनि हाे।

महर्षि व्यासकाे खास नाम कृष्णद्वैपायन हाे। उहाँकाे जन्म द्वापरयुगकाे अन्तिम भागमा भएकाे मानिन्छ। पिता पराशर र माता सत्यवतीका सन्तानका रुपमा जन्म लिएका व्यासले आफ्नाे सर्वज्ञ दृष्टिले गाेचर गरी हेर्दा कलियुगमा मनुष्यमम शारीरिक र बाैध्दिक बल घट्छ। त्यसैले कलियुगमा मनुष्यहरु णसबै वेद पढ्न असमर्थ हुन्छन् भन्ने थाहा भयाे। सबै वेदकाे अध्ययन सम्भव नहुन पनि सक्छ। यही तथ्यलाई बुझेर गुरु व्यासले वेदलाई चार भागमा विभाजन गर्नुभयाे।

उप्रान्त उहाँ वेदव्यास भनी नाम कहलिएर अष्टचीरञ्जीवी भएर बाँचिरहेका छन् भन्ने जनस्रुति रहेकाे छ। जसले वेद पढ्ने र बुझ्ने क्षमता राख्दैनन् तिनका निमित्त भनेर महाभारत रचना गर्नुभयाे।मशाभारत पुराणमा सबै वेदका ज्ञान समावेश गर्नुभयाे। धर्मशास्त्र,नीतिशास्त्र,उपासना र ज्ञान- विज्ञान आदि सबै क्षेत्र सरल भाषामा समावेश गर्नुभयाे।

महाभारत सहित १८ पुराणकाे रचना गर्नुभयाे गुरु वेदव्यासले। ती पुराणहरुका अधिकांश कथाहरुद्वारा मानव समाजलाई सनातनी आर्य समाज,राष्ट्र र धर्मका बारेमा बुझाउन रचना गर्नुभएकाे प्रतीत हुन्छ। भनिन्छ उनका ती श्रेष्ठतम रचनाहरुकाे लेखन भगवान गणेशजीले श्रुतिलेखन गरी तयार पारिएकाे हाे। वेदान्त दर्शनका रचयिता गुरुव्यासले ती दर्शनहरुलाई छाेटाे छाेटाे सूत्रहरुमा लेखिएकाे पाइन्छ मनुष्यलाई बुझाउनकाे लागि।जुन सूत्रहरु बुझाउन कठिन छन् ती सूत्रहरुलाई बुझाउन सूत्रानुसार पुराणका रचना गर्नुभयाे।

ती पुराणहरुमा भगवानकाे सुन्दर चरित्र वर्णन,भगवानका भक्त र धर्मात्मा राेचक कथा, व्रत विधि, तीर्थहरुकाे महात्म्य आदि लाभदायक शिक्षा र उपदेश र विभिन्न नीतिहरुले भरिपूर्ण बनाइदिनुभयाे। ती अठार पुराणकाे रचना गर्नुकाे एउटै उद्देश्य के हाे भन्ने प्रश्नकाे उत्तरमा उहाँ भन्नुुहुन्छ-

अष्टादशपुराणानां सारं व्यासेन कीर्तितम्।
पराेपकार: पुण्याय पापाय परपीडनम्।।

अष्टादश पुराणेसु व्यासस्य वचनद्वयम्।
पराेपकार: पुण्याय पापाय परपीडनम्।।

अर्थात् अरुकाे भलाइ गर्नु पुण्य हाे। अरुलाई आफ्ना कारणले दुखी तुल्याउनु पापा हाे। ( अरुलाई दु:ख दिंदा पापकाे भागी हुन्छ।) सबै मानिसका बुझाइ क्षमता एकै हुँदैनन्। फरक फरक पृष्ठभूमिबाट आएका मानिसका बुङाइ क्षमता फरक फरक नै हुन्छन्। त्यसैले सबैखाले मानिसलाई ती दुई वचन बुझाउन १८ पुराणका रचना गरिएका रहेछन् भनेर बुझाैं।

यसरी आफ्ना शिष्यलाई केही कुराकाे ज्ञान दिंदा जे जसरी हुन्छ यत्न गरिरहनु पर्छ भन्ने शिक्षा पनि गुरु वेदव्यासकाे जीवनर कृतिबाट लिन सकिन्छ। त्यसैले आजकाे दिन उहाँकाे जन्म भएकाे दिन आषाढ शुक्ल पूर्णिमालाई गुरु पूर्णिमा भनेर सम्पूर्ण सनातनी ॐकार परिवारले आज मनाइँदैछ।

आज दक्षिणामूर्ति पूजाकाे दिन पनि हाे। भगवान शिवलाई गुरुुुहरुका पनि गुरुुका रुपमा दक्षिणामूर्ति भनिएकाे छ।दक्षिणामूर्ति अर्थात् महादेवकाे पाँचमुख मध्ये दक्षिणतिर फर्केकाे मुखलाई अघाेरमुख भनिन्छ। यहाँ अघाेर भनेकाे अघाेरी भनेकाे हाेइन।नघाेर अघाेर। अर्थात् घाेर नभएकाे सुन्दर भनिएकाे हाे। याे नीलवर्णकाे बताइएकाे छ। भगवान शिवकाे याे स्वरुपले याेग,संगीत र तर्क ज्ञान प्रदान गर्दछन् र शास्त्रहरकाे व्याख्या गर्दछन्।त्यसैले आज शिवकाे याे स्वरुपकाे पनि पूजा गरिन्छ।

आजै भक्तपुरकाे हनुमानघाटमा वीरानदीकाे पूजा र साे नदीमा स्नान गर्ने चलन छ। याे नदी हनुमानघाटकाे दक्षिणपूर्व भई मिल्न आउँछ।उत्तरबाट भद्रानदी मिल्न आउँछ।यी दुबै नदी जहाँ मिल्छ त्यहाँ तमशानदी पनि बहन्छन् संगमस्थलकाे गर्भबाट। यसरी तीन नदी मिलेर त्रिवेणीघाट बनेकाे छ। आजकाे दिन यही त्रिवेणीकाे एक शाखा वीरानदीमा स्नान गर्ने दिन हाे।

महर्षि गुरु वेदव्यासकाे कृपाले हामी सबैमा पराेपकारकाे भाव सधैं उत्पन्न गरिराखाेस्। मै खाउँ, मै लाउँ, सुखसयल माेज मै गरुं भन्ने हपकारी भावनाले वीरानदीकाे पानी पखालेर लैजाऊन्। सत्यम् शिवम् सुन्दरम्।।

– लेखक: धनेशराज राजाेपाध्याय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 July 2023
धनेशराज राजाेपाध्याय
+ posts




ताजा
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
अमेरिकी पासपोर्ट पहिलो पटक विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टहरूको शीर्ष १० सूचीबाट बाहिरियो
बुधबार कस्तो रहला देशभरको मौसम?
आज बुधबारको राशिफल


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित