हाप्किडोको राष्ट्रपति खेलकुद, महिला सहभागिता अभिबृद्धि तथा आत्मरक्षा तालिम हुने

हाप्किडोको राष्ट्रपति खेलकुद, महिला सहभागिता अभिबृद्धि तथा आत्मरक्षा तालिम हुने : Icon Khabar

काठमाडौँ, असार १८ । नेपाल हाप्किडो संघको आयोजना तथा राष्ट्रिय खेलकुद परिषदको सहकार्यमा राष्ट्रपति खेलकुद, महिला सहभागिता अभिबृद्धी तथा आत्मरक्षा तालिम सञ्चालन हुने भएको छ ।

यही बुधबार काठमाण्डौ जिल्लाको शंखरापुर नगरपालिका–०३ जहरसिङ पौवा स्थित श्री कालिका शरण माध्यामिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुने तय भएको यस तालिममा खेलाडी तथा विधार्थी सहभागी हुने आयोजकले जनाएको छ । तालिममा महिला सहभागीतालाई प्राथमिकता राखिएको छ ।

राष्ट्रपति खेलकुद अन्तर्गत अयोजना गर्न लागिएको यस तालिमका सहभागीहरुले महिला क्षमता अभिबृद्धि तथा आत्मरक्षा सम्बन्धि कौशल सिक्ने कार्यक्रमका संयोजक बिजयाकुमारी वाईवाले जानकारी दिए । ‘तालिममा हाप्किडोका अनुभवी महिला प्रशिक्षकहरु सहभागी हुने छन् । अनुभवी प्रशिक्षकहरुबाट सहभागी खेलाडीहरुले आत्मा रक्षा सम्बन्धि कौशल सिक्ने छन् ।

यसमा राष्ट्रपति खेलकुद अन्तर्गत महिला सहभागीता अभिबृद्धिको नारा जोडिएकाले महिला सहभागीतालाई जोड दिएका छौं । समग्रमा यस तालिमबाट धेरैभन्दा धेरै महिला खेलाडी तथा बिद्यार्थीहरुले आत्मरक्षा सम्बन्धि ज्ञान हासिल गर्ने छन् ।’

संघले कार्यक्रमको संयोजकको जिम्मेवारी समेत महिलालाई नै दिएको छ । विजयाकुमारी वाइबाले कार्यक्रम संयोजन गर्ने छिन् ।
मार्शल आर्ट्स विधाको हाप्किडो खेल आत्मरक्षा कौशल सँग सम्बन्धित खेल विधा हो । यसका विभिन्न विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता तथा सेमिनारहरु आयोजना हुँदै आइरहेका छन् ।

तुलनात्मक रुपमा नेपालमा नयाँ खेल भए पनि नेपालमा हाप्किडो खेलले देशैभर राम्रो सञ्जाल बनाएको छ । देशभित्र स्थापनाको एक दशक पनि नपुग्दै ५० हजारको हाराहारीमा देशको युवाहरुलाई यस खेलमा सक्रिय बनाउन सफल भएको हाप्किडोको ६० जिल्लाहरुमा विधिवत रुपमा जिल्ला संघहरु स्थापना भइसकेको छ । प्रायः जिल्ला र देशैभरका धेरै विद्यालयहरुमा यस खेलको नियमित प्रशिक्षण हुँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 July 2023
Website | + posts


ताजा
आपराधिक गतिविधि देखिएमा तुरुन्तै खबर गर्न सशस्त्र प्रहरीको आग्रह
भ्रष्टाचार छानबिन गर्न तीन दल असहमत, सुशीला कार्कीले भनिन्- हातखुट्टा बाँधेर जिम्मेवारी चाहिँदैन
जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो
होटल उद्योगको प्रारम्भिक क्षति २५ अर्ब रुपैयाँ बराबर


ट्रेन्डिङ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक