हाप्किडोको राष्ट्रपति खेलकुद, महिला सहभागिता अभिबृद्धि तथा आत्मरक्षा तालिम हुने

हाप्किडोको राष्ट्रपति खेलकुद, महिला सहभागिता अभिबृद्धि तथा आत्मरक्षा तालिम हुने : Icon Khabar

काठमाडौँ, असार १८ । नेपाल हाप्किडो संघको आयोजना तथा राष्ट्रिय खेलकुद परिषदको सहकार्यमा राष्ट्रपति खेलकुद, महिला सहभागिता अभिबृद्धी तथा आत्मरक्षा तालिम सञ्चालन हुने भएको छ ।

यही बुधबार काठमाण्डौ जिल्लाको शंखरापुर नगरपालिका–०३ जहरसिङ पौवा स्थित श्री कालिका शरण माध्यामिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुने तय भएको यस तालिममा खेलाडी तथा विधार्थी सहभागी हुने आयोजकले जनाएको छ । तालिममा महिला सहभागीतालाई प्राथमिकता राखिएको छ ।

राष्ट्रपति खेलकुद अन्तर्गत अयोजना गर्न लागिएको यस तालिमका सहभागीहरुले महिला क्षमता अभिबृद्धि तथा आत्मरक्षा सम्बन्धि कौशल सिक्ने कार्यक्रमका संयोजक बिजयाकुमारी वाईवाले जानकारी दिए । ‘तालिममा हाप्किडोका अनुभवी महिला प्रशिक्षकहरु सहभागी हुने छन् । अनुभवी प्रशिक्षकहरुबाट सहभागी खेलाडीहरुले आत्मा रक्षा सम्बन्धि कौशल सिक्ने छन् ।

यसमा राष्ट्रपति खेलकुद अन्तर्गत महिला सहभागीता अभिबृद्धिको नारा जोडिएकाले महिला सहभागीतालाई जोड दिएका छौं । समग्रमा यस तालिमबाट धेरैभन्दा धेरै महिला खेलाडी तथा बिद्यार्थीहरुले आत्मरक्षा सम्बन्धि ज्ञान हासिल गर्ने छन् ।’

संघले कार्यक्रमको संयोजकको जिम्मेवारी समेत महिलालाई नै दिएको छ । विजयाकुमारी वाइबाले कार्यक्रम संयोजन गर्ने छिन् ।
मार्शल आर्ट्स विधाको हाप्किडो खेल आत्मरक्षा कौशल सँग सम्बन्धित खेल विधा हो । यसका विभिन्न विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता तथा सेमिनारहरु आयोजना हुँदै आइरहेका छन् ।

तुलनात्मक रुपमा नेपालमा नयाँ खेल भए पनि नेपालमा हाप्किडो खेलले देशैभर राम्रो सञ्जाल बनाएको छ । देशभित्र स्थापनाको एक दशक पनि नपुग्दै ५० हजारको हाराहारीमा देशको युवाहरुलाई यस खेलमा सक्रिय बनाउन सफल भएको हाप्किडोको ६० जिल्लाहरुमा विधिवत रुपमा जिल्ला संघहरु स्थापना भइसकेको छ । प्रायः जिल्ला र देशैभरका धेरै विद्यालयहरुमा यस खेलको नियमित प्रशिक्षण हुँदै आइरहेको छ ।

Published Date: 03 July 2023


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु